छोईधिम एकाडमीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

Share this news

खरसाङ,  (निसं)ः जीटीएको 28 नम्बर खरसाङ शहर चिम्नी देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर 4 मा हिमाली बोर्डिङ स्कूल नजिक रहेको छोईधिम एकाडमी प्रि-नर्सरीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। आइतवार सम्पन्न भएको यो सचेतना मूलक कार्यक्रममा वर्तमानमा बाल-बालिकाहरूलाई पढ़ाउने अथवा शिक्षा प्रदान गर्ने तौर-तरिकामा आएको परिवर्तनको बारेमा उपस्थित अभिभावक, स्थानीय मानिसहरूलाई अवगत गराइयो।

वर्तमानको बदलिएको परिस्थिति र बाल-बालिकाको मनोस्थितिलाई हेरेर कस्तो तरिकाले, कुन नयाँ तरिकाले, कसरी पढ़ाउने भन्ने विषयमा चर्चा गरियो। यस सचेतना कार्यक्रममा समष्टि सभासद्‌‍ श्याम शेर्पा, डाक्टर आमसु प्रधान, प्रा. प्रजवल प्रधान, गोर्खा भूतपूर्व सैनिक कल्याण समितिका प्रतिनिधिहरू भूतपूर्व कप्तान अमृत प्रधान, भूतपूर्व कप्तान अजय तामाङ, सुवेदार मेजर पवन राई, साथीसङ्गी सेल्फ हेल्प ग्रुपका सदस्यहरू अनि अन्यान्यको उपस्थिति रहेको थियो।

कार्यक्रममा भविष्यको लागि पठन-पाठन र शिक्षणको तौर-तरिका बारेमा योजनाहरू विषय चर्चा-परिचर्चा गरियो। यस कार्यक्रमको सञ्चालन छोई धीम एकाडमीकी निर्देशक पुनम तामाङले गरेकी थिए। तिनले एकाडमीको उद्देश्य र यो सञ्चालन कसरी भइरहेको छ भन्ने बारेमा प्रकाश पारिन्‌‍। वर्तमानमा शीतकालिन बिदा रहेको महिनाहरूमा शिक्षक-शिक्षिकाहरूलाई प्रशिक्षण प्रदान गर्न एकाडमीको योजना रहेको तिनले बताइन्‌‍।

कार्यक्रममा उपस्थित सबै अतिथिहरूले एकाडमीलाई आ-आफ्नो क्षमता अनुसार सहयेोग गर्ने आफ्नो वक्तव्यमा बताए। गोर्खा भूतपूर्व सैनिक कल्याण समितिका प्रतिनिधिहरूले विभागबाट प्राप्त योजनाहरूलाई यस एकाडमीलाई प्रदान गराउन सहयोग गर्ने वचन दिए। सभासद्‌‍ श्याम शेर्पाले एकल प्रयासमा सञ्चालन भइरहेको यस एकाडमीको प्रशंसा गर्दै सबैले यस्तै हिम्मत र जाँगर देखाउन पर्छ भन्दै, एकाडमीलाई आफूले सकेको सहयोग प्रदान गर्ने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ