काष्ठशिल्पी लोकेश प्रधान: सिर्जनात्मकता र सेवाको सङ्गम

Share this news

रुद्र कार्की, कालेबुङ⇒      

गुरू थापेर प्रशिक्षित अनि भुइँफुट्टा अलग अलग कौशल विकासका पाटाहरू हुन्। सैद्धान्तिक रूपमा सिकिन्छ गुरू थापे पछि। सिद्धान्तको मार्ग दर्शनलाई शिरोपर गर्ने कौशलको विकास हुन्छ। तर भुइँफुट्टाको कौशल विकासमा मौलिकता प्रतिविम्बित हुन्छ। चाहे त्यो जुनै पनि क्षेत्रमा होस्।

युवा दर्पण 

त्यस्तै एक भुइँफुट्टा हुन् लोकेश। काठकीरा भन्छन् धेरैले उनलाई। तर धुलिया भने होइनन्। काठ शिल्पकार लोकेश प्रधान उनको मानक नाम हो। खास नाम लोकबहादुर प्रधान। कालेबुङ शहरसित टाँसिएको सुन्दर गाउँ निवासी हुन् उनी। पिता भीमबहादुर प्रधान अनि माता खिममाया प्रधानका चार छोरा र दुई छोरी मध्ये उनी एक हुन्। १४ सेप्टेम्बर १९६९ मा अहिलेकै घरमा जन्मेका लोकेशको काष्टकलाको जति नै गुणगान गरे पनि कमै हुन्छ शायद।

उनले काठ कुँदेर बनाएका शिल्प कला हेर्दा अच्चमै लाग्छ। उनले  कुनै गुरू थापेका होइनन्, यो दैविक प्राप्ति हो। 35 वर्ष पुगेपछि मात्र काष्ठ शिल्पमा हात हाले़। युवा अवस्था सकिएकै दिनदेखि यसरी काष्ठ शिल्पमा पस्नु दैविक शक्ति नै ठान्छन् लोकेश। आफ्नो ३६औँ जन्मदिनका अघिल्लो रात सपनामा भगवान भोले बाबाले उनलाई उक्त वरदान दिएपछि जन्मदिनको बिहानबाट काष्ठ शिल्पको कार्य आरम्भ गरेको लोकेश आफै बताउँछन्। सपनामा त्यस्तो के भयो भन्ने प्रश्‍न गर्दा उनी परिवारलाई समेत भन्न नसक्ने बताउँछन्। ‘‘म यस्तो कलाकार होइन। म त राउडिज मान्छे हो। झगड़ा गरि हिँड़्ने मान्छे हो’’, उनी भन्छन्। जे नै भएपनि उनले त्यसदिनदेखि आरम्भ गरेको काष्ठ शिल्प साँच्चै नै वरदानकै रूपमा हेर्न सकिन्छ।

‘‘कालेबुङदार्जीलिङ, सिक्किमका बजारहरू त छाड़ी दिउँ अमेरिका, इङ्गल्याण्ड यो खोज्दै बनाएको ठाउँमा आउँछन्। यस्तो विषयमा युवाहरूलाई विभिन्न पक्षबाट सचेतना जगाउन पनि आवश्यक छ’’

उनले काठका विभिन्न प्रतिकृतिहरू निर्माण गरेका छन्। अति नै मन परेका आफ्ना सृजनाहरू उनी  बाकस भित्र टम्म राख्ने गर्छन्, बाहिर देखाउँदैनन्। भुटानका राजा, दलाइ लामा, ममता ब्यानर्जी, भानुभक्त आचार्यजस्ता व्यक्तिहरूको प्रतिकृति बोल्ला जस्तै बनाएका छन्। यसबाहेक काठका विभिन्न  सामाग्रीहरू पनि बनाएका छन्। उनले अहिलेसम्म बनाएका विभिन्न प्रतिकृतिहरूमा उनलाई सबै मनपर्छ। तथापि उत्कृष्ट (मास्टर पिस) शिल्पकारित हो काठको शङ्ख। जो अन्य शङ्खहरू जस्तै बज्ने गर्छ। उक्त शङ्ख बनाई सकेर जब शङ्खको ध्वनी निस्कियो तब उनको आँखाबाट बरर आँसु चुहेको उनी बताउँछन्। एउटा प्रशिक्षित शङ्ख फुक्नेले जस्तै आफ्नो काष्ठकलाको शङ्ख फुकेर सुनाउँछन्। उनले गिटार, टुङ्गना, सारङ्गी, माने, थाल, जुत्ता, कण्ठ, तिलहरी के के हो के के बनाएका छन्।

काठ शिल्पकार लोकेश प्रधान।

तर अचम्भको कुरा के हो भने यति मेहनत गरेर बनाएको काष्ठशिल्प एउटै पनि बिक्री गर्दैनन्। च्यारिटीको निम्ति हो भने फटाक-फुटुक शिल्पको बोली लगाएका छन्। कुनै गरीब, असहायको निम्ति हो भने च्यारिटीमा आफ्नो सृजनालाई बोली लगाउन राख्ने गरेको बताउँछन्। यस शिल्पलाई अरू युवाहरूसित साझा गर्ने उनको इच्छा छ। यदि एउटा वर्कशप निर्माण गर्नसके युवाहरूलाई त्यहाँ प्रशिक्षण दिने उनको सपना छ। यसको निम्ति उनले विभिन्न सङ्घ-संस्था, राजनैतिक दल, व्यक्तिविशेष, दाताहरू सबैसित इच्छा बिसाइसकेका छन्। तर अहिलेसम्म कसैले पनि प्रशिक्षणको निम्ति वर्कसप बनाउन  सहयोग नगरेको उनको मन दु:खाइ छ। अहिलेसम्म उनले पाएको सहयोग भने सन् २०१२-१३ तिर सर-सामान किन्न आर्थिक सहयोगको रूपमा तत्कालीन जीटीएका मुख्य कार्यपाल विमल गुरूङले एक लाख रूपियाँ दिएको बताउँछन्। त्यस बाहेक उनले अहिलेसम्म त्यस्तो कुनै सहयोग पाएका छैनन्। उनलाई आर्थिक सहयोग भन्दा बढ़ी युवाहरूलाई प्रशिक्षण दिने एउटा वर्कशपको खाँचो रहेको उनी बताउँछन्। यदि वर्कशप बनिएर युवाहरूलाई प्रशिक्षण दिन पाए काष्ठशिल्प युवाहरूका निम्ति  रोजगारको राम्रो माध्यम बनिन्छ भन्ने उनको धारणा छ। आफूले बनाएको आकर्षक खुकुरी देखाउँदै भन्छन्, ‘‘यो चिज जहाँसुकै पाउँदैन। यसलाई बिक्री गर्न आफू बजार जानु पर्दैन। कालेबुङ,  दार्जीलिङ, सिक्किमका बजारहरू त छाड़ी दिउँ अमेरिका, इङ्गल्याण्ड यो खोज्दै बनाएको ठाउँमा आउँछन्। यस्तो विषयमा युवाहरूलाई विभिन्न पक्षबाट सचेतना जगाउन पनि आवश्यक छ।’’

उनी काष्ठकृति निर्माण गर्दा आधुनिक मशिनको प्रयोग गर्दैनन्। उनको मूल हतियार भनेको आफैले पिटेर बनाएको चार इञ्चको सामान्य काँटी हो। काठलाई तासतुस गर्न अनि आयतनमा ल्याउन बटाली, रेती, खुकुरी आदिको प्रयोग गर्छन्। तर अनुहार खोप्न, बुट्टा हाल्न आफैले बनाएका हतियारहरू प्रयोग गरेर आफ्नो कलाको उद्गार गर्छन्। उनको काष्ठशिल्प विश्‍व प्रसिद्ध डच फूटबल खेलाड़ी रुड गुलिटको हातमा पनि छ भन्दा गर्व महसुस गर्छन्। रूड गुलिट सिक्किम आउँदा भारतीय फूटबलका पूर्व कप्तान भाइचुङ भुटियामार्फत उपहार स्वरूप प्रदान गरेका थिए। उनी कसैले बनाइदेऊ भन्दा बनाउँदैनन्।

उनले बनाएका सामान माग्दा पनि दिँदैनन्। तर  उनले रूचाएका व्यक्तिलाई अवलोकन गरेर मात्र उपहार स्वरूप दिने गर्छन्। भारतका राष्ट्रिय फूटबल दलका पूर्वकप्तानद्वय भाइचुङ भोटिया, सुनिल छेत्री, इण्डियन आइडल प्रशान्त तामाङ, गायिका प्रकृति गिरी, अपूर्व तामाङ, रोहित सुनुवार, जेत्सन डोना लामा, कपिल थापा, नेपालका प्रसिद्ध लोक गायक नवीन खड्का आदिलाई अहिलेसम्म आफ्नो हातले बनाएको काष्ठशिल्प उपहार दिएका छन्। उनी काष्ठ शिल्पकार मात्र होइनन्। मादलमा आफै खरी हाल्छन्, तालमा बजाउँछन् अनि धुनमा गाउँछन् पनि। गिटार, सारङ्गी बनाउँछन् अनि बजाउँछन्।

लाश जलाउनु आफ्नो सामाजिक कर्म मान्छन् लोकेश। यसको निम्ति टाड़ा-टाड़ाबाट बोलाउन आउँछन् उनलाई। कालेबुङ नगरपालिकाका कर्मचारी रहेका लोकेशले सामाजिक कार्य र शिल्पकारिताको निम्ति पदोन्नति नलिएको बताउँछन्। मांसाहारी हुन्, तर माछा खाँदैनन्। दलाई लामाको प्रतिकृति बनाउन थालेको बेलुका माछा खाएर सुतेपछि राति सपनामा दलाई लामा आफै आएर भनेको कुरा स्मरण गर्दै त्यस दिनदेखि माछा खान छोड़ेको बताउँछन्। ‘‘मबाट सिक्नेले मैले जस्तै बनाउनु पर्छ भन्ने छैन्। तर सिकेऊ भने आफ्नो मौलिक सृजना गर्नसक्छौ नि त’’, उनी भन्छन्।


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ