Sikkim's hot springs are boosting tourism
Sikkim's hot springs are boosting tourism

सिक्किमका तातोपानी कुण्डहरूले पर्यटनलाई बढोत्तरी दिंदै

Share this news

सिक्किम राज्य प्राकृतिक सौन्दर्य धार्मिक आस्था र औषधीय महत्वले भरिपूर्ण स्थलहरूको धनी मानिन्छ। यसै सन्दर्भमा लेगशिपस्थित जोरथाङ सडकमार्गमा पर्ने तातोपानी स्वास्थ्य, प्रकृति र आध्यात्मिकताको अनुपम संगम बनेको छ भने राभाङ्ला नजिकको रालोङ तातोपानी पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेको छ।
लेगशिपको सल्फरयुक्त तातोपानी आफ्नो औषधीय गुणका कारण अत्यन्त प्रसिद्ध मानिन्छ। यस तातोपानी कुण्डबाट शान्त रङ्गित नदीको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ, जसले मन शरीर र आत्मालाई पुन: ऊर्जावान बनाउने अनुभूति दिलाउँछ। बर्खायामको समय सकिने बित्तिकै नोभेम्बरदेखि मार्च महिनासम्म यात्रीहरु तातोपानी नुहाउने वा पानीमा डुबुल्की मार्न गर्छन् जस्ले पानीमा बस्दा पुरानो बिमारहरु निको पार्न सकिन्छ, अनि घाउ खटिराबाट बाँच्न सकिन्छ भने बिश्वासका साथ मानिसहरु आउने गर्छन्। जसमा नेपाल, भुटान र अन्य छिमेकी राज्यबाट पनि तातोपानी बस्न आउने मानिसहरुको भिड लाग्ने गर्छ।
यहाँको तातोपानी प्राकृतिक रूपमा स साना ढुंगाहरूको बनोटले थुप्रिएको छ, जसले आफै एक जैविक पोखरीको रूप लिएको छ। यस तातोपानी कुण्डको महत्त्व अझ बढाउने कुरा भनेको यसको नजिकै रहेका पवित्र गुफाहरू, छोतेन र गुम्बा छन्। धार्मिक विश्वासअनुसार यहाँ आमुद्र मन्थनको कथासंग जोडिएको छ भने त्यस ताकमा राक्षसहरुले पुल बनाएको किम्बदन्ती छ। बौद्धिक मान्यता अनुसार सातौं शताब्दीमा महान् बौद्ध गुरु पद्मसम्भवले यही गुफामा ध्यान साधना गर्नुभएको इतिहास छ। अर्कोतिर
राभाङ्लाको रालोङ तातोपानीले स्थानीय भाषामा ‘रालाङ चा–चु’, पनि उत्तिकै लोकप्रिय छ। प्राकृतिक रूपमा बाफ निस्कने यी सल्फरयुक्त पोखरीहरू छाला सम्बन्धी रोगहरू निको पार्न सहयोगी मानिन्छन्। रमणीय प्राकृतिक दृश्यले सजिएको यो स्थान एक प्रकारको प्राकृतिक स्टीम साउना जस्तै अनुभूति दिन्छ। रालोङ तातोपानी कुण्ड धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ, किनकि यो सिक्किमका पवित्र गुफामध्ये एकको नजिक अवस्थित छ। साथै, यो स्थान ट्रेकिङ्ग प्रेमीहरूका लागि स्वर्ग समान मानिन्छ। वरिपरि फैलिएका हरिया पहाड, रोमाञ्चक पदमार्गहरू र सुन्दर दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछन्। यहाँ ट्रेकरहरूका लागि अस्थायी बसोबासका झुपडीहरू पनि उपलब्ध छन्। चराचुरुङ्गी अवलोकन तथा रंगीचंगी पुतलीहरू हेर्न चाहने पर्यटकहरूका लागि पनि यो स्थान उपयुक्त छ। रालोङ र बोरोङ तातोपानी एक–अर्काोबाट करिब ७ किलोमिटरको दूरीमा रहेकाले दुबै स्थानको अवलोकन गर्न सकिन्छ। साथै, रालोङ गुम्बा पनि यहाँबाट करिब एक घण्टाको पैदल यात्रामा पुग्न सकिने अर्को प्रमुख धार्मिक गन्तव्य हो। यी तातोपानी कुण्डहरूले सिक्किमको पर्यटनलाई स्वास्थ्य, प्रकृति र अध्यात्मसँग जोड्दै राज्यलाई अझ आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गरिरहेको स्थानीय पर्यटन व्यवसायीहरूको भनाइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ