टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

Share this news

दार्जीलिङ,21 दिसम्बर(निसं): एट्री (एटीआरइइ) क्षेत्रीय कार्यालय, गान्तोकका सदस्यहरूले अन्तर्राष्ट्रिय पर्वत दिवसको अवसरमा 26 माइल नजिकै हिमनदी-सम्भावित टीस्टा नदी किनारमा एक कार्यक्रम केन्द्रित जैविक विविधता मूल्याङ्कन सम्पन्न गरेको एट्री समुहले जानकारी गराएकोछ।
एट्री समुहले जानकारी अनुसार, यस वर्षको विषयवस्तु हिमनदीको पानी, खाद्य र जीविकोपार्जनका लागि महत्वपूर्ण छ- पहाडमा र पहाडभन्दा तलसँग मेल खाइरहेको यो मूल्याङ्कनले हिमनदीले पोषित नदी प्रणालीहरूले तलतिरका जैविक विविधता र समुदायलाई कसरी निरन्तर सहारा दिइरहेका छन् भन्ने बुझ्न लक्ष्य राखेको थियो।
जानकारी अनुसार, पंक्षी अभिलेखहरू इ-बर्ड-मा अपलोड गरिएका छन्, जसले एशियन वाटरबर्ड सेन्सस (एडब्लूसी)-मा योगदान पुऱ्याउँनेछ। यस एट्री-को मुख्य अवलोकनमा रिभर ल्यापविङ र लंग-बिल्ड प्लोभर समावेश थियो, दुवै प्रजाति अवस्थित नगरी संरक्षित गिटी-बालुवायुक्त किनारमा निर्भर हुन्छन्।
उनीहरूको उपस्थिति नदीका केही अंश अझै प्राकृतिक अवस्थामा रहेको संकेत हो, तर उनीहरूको कम संख्या नदी किनारका निर्माण कार्य र बालुवा उत्खननका बढ्दो दबाबको स्पष्ट पर्ने संकेत हो।टोलीले तीनवटा कमन मर्गेन्सर पनि अभिलेख तयार गर्‍यो, यो प्रजाति चिसो, सफा र तीव्र बग्ने पानीमा मात्र फस्टाउँछ।
उनीहरूको उपस्थिति हिमनदी पग्लिने पानीहरूले अझै राम्रो जल-गुणस्तर कायम राखिरहेको संकेत दिदँछ। साथै 8 वटा हिमाली गिद्धको झुण्ड देखियो,उच्च पहाडी क्षेत्रमा पाइने यी सफाइकर्मी चराहरू विषाक्तता र आहारा उपलब्धतामा संवेदनशील हुन्छन्। उनीहरूको तल्लो भेगतिरको सर्ने प्रवृत्ति जलवायु-परिवर्तनले सिर्जना गरेको आवास परिवर्तनसँग सम्बन्धित हुन सक्छ भनी एट्री-को भनाइ छ।
एट्री-को अझ जानकारी अनुसार, भँवरा-पुतलीहरू, पर्यावरणीय परिवर्तनप्रति तीव्र प्रतिक्रिया दिने भएका कारण, थप अन्तर्दृष्टि प्रदान गरियो। पाउडरड ओकब्लू जस्ता वन-सम्बन्धी प्रजातिहरू, क्याबेज ह्वाइट जस्ता खुला क्षेत्रका प्रजातिहरू, र हिमालयन भ्याग्रान्ट जस्ता उप-उष्णकटिबन्धीय वन प्रजातिहरूको मिश्रणले नदी किनारमा अझै पनि विद्यमान विभिन्न सूक्ष्म आवासहरूको मोज़ेक देखियो। सामान्य तर केन्द्रित यो यात्राले 10  प्रजातिका 36 वटा पंक्षी र 11 प्रजातिका पुतली अभिलेख तयार गरेको छ, जसले यस नदी किनारको उच्च पारिस्थितिक महत्व स्पष्ट गर्दछ। टिस्टा नदीको तीव्र बहाव र अलुवियाली किनारहरू संवेदनशील प्रजातिहरूका लागि प्रजनन र आहारा खोज्ने महत्त्वपूर्ण आवास हुन्।
वनस्पति नमूना संकलनमा 52 वटा वनस्पति कर-समूह (ट्याक्सा) अभिलेख गरिए, जसअनुसार यो क्षेत्र  लोअर ट्रपिकल र लोअर साभाना क्षेत्रभित्र पर्छ। परिदृश्यमा दिप्तेरोकार्प वनका तत्वहरू प्रबल थिए, जहाँ साल रुख प्रमुख थियो। महत्वपूर्ण रूख जातिहरूमा एकासिया, डेसोक्सिलोम अनि फाइकुस रहेकाछ। झाडी तहमा वूडफर्डिया फ्रुटिकोसा,लिया स्प्प, क्लिरोडेन्ड्रम स्प्प  र भुइँतहमा स्परमाकस,एजिरेटम अनि अल्टरनेनदिरा प्रमुख छन्।
दुई उल्लेखनीय लियाना-बाउहिनिया भाली र मेलिटटिया स्प्प तल्लो वनस्पति तहमा फैलिएका हुनेगर्छ, रूखका काँढामा एकाम्पी पेपिल्लोसा स्याम्बिडियम स्प्प, जस्ता अर्किडहरूको उपस्थिति देखियो। एट्री-को अझ जानकारी अनुसार, यद्यपि, टोलीले क्षयका स्पष्ट संकेतहरू पनि दस्तावेज गर्‍यो। प्लास्टिकको फोहोर, बिस्कोइँ परेको कपडा, बोतल र भाँडाकुटा नदीले धुँदै लाएका वा आगन्तुकहरूले छोडेर गएका चट्टानहरू बीच फेला पर्‍यो।
अनियमित बालुवा उत्खनन, स्थानीय माछा मार्ने दबाब र जलविद्युत संरचनाहरूले नदीको प्रवाह गति, प्रजनन आवास र पानीको गुणस्तरलाई थप खतरा उत्पन्न गरिरहेका छन्। यी दबाबहरूले ल्यापविङ, प्लोभर, मर्गेन्सर र स्थानीय माछा समुदाय जस्ता प्रजातिहरूमा प्रत्यक्ष परिणाम पार्दछन्।
यी चुनौतिहरूकोसंगै  पोषक-तत्वयुक्त अल्लुवीयल माटोबाट उम्रेका नयाँ बोटबिरुवाका टुप्पाहरूले टीस्टा नदीको लिसिलापनको संकेत देखिन्छ, प्राचीन हिमनदीहरूले पोषित टुस्टा नदीले, यदि यसलाई पुनःस्थापना गर्न पर्याप्त ठाउँ र संरक्षण दिइयो भने, आफ्नो किनारलाई निरन्तर रूपमा पुनः भरिरहेको देखियो।
एट्री टोलीले जोड दिए कि टीस्टा नदीको संरक्षण केवल वन्यजीवका लागि मात्र नभई, स्वस्थ्य पहाडी नदीहरूमा जीवनयापन गर्ने स्थानीय समुदायहरूको जीविकाको लागि पनि अत्यन्त महत्त्वपूर्ण स्रोत रहन्छ।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ