एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

Share this news

दार्जीलिङ,21 दिसम्बर(निसं): देशको संसद भवनमा चलिरहेको शीतकालिन सत्रमा गत दिन दार्जीलिङको सांसद राजु विष्टले एब्जर्भ एरिया एक्ट-को विषयमा संसदमा राखेको विषयलाई गोर्खा राष्ट्रिय कांग्रेस(गोराकां) अध्यक्ष भरत दोङले स्वागत जनाएका छन्।
तथापि दोङले सांसद विष्टले एब्जर्भ एरिया एक्ट सम्बन्धी संसदमा जुन कुरा राख्नु पर्ने ती कुराहरु नराखेको जनाए। उनले भनेका छन्, दार्जीलिङको भूभागलाई  सन् 1954 सालमा एउटा कानून स्थापित गरेर  एब्जर्भ एरिया एक्ट मार्फत बंगालमा राखिएको थियो।किनभने, देश स्वतन्त्र भएपछि यस ठाँउलाई छाडेर जाँदा अङ्ग्रेजहरुले दार्जीलिङको भूभागबारे कुनै पदक्षेप लिइएन्। सरल तरिकाले हेर्ने होभने पनि अङ्ग्रेजहरुले स्वास्थ्य लाभको निम्ति लिएको सिक्किमको भूभाग दार्जीलिङलाई  अङ्ग्रेजहरुले छाडेपछि सिक्किमसँग गाभिनु पर्ने हो तर तेसो हुन सकेन जसको कारण एब्जर्भ एरिया एक्ट मार्फत दार्जीलिङको भूभागलाई पश्चिम बंगालसँग टँसाएर राखियो। उनले भने
अनि यो एब्जर्भ एरिया एक्ट भारतीय जनता पार्टीको सरकारले गत 2018 साल मा नै रिपिल गरिसकेको छ ।
गोराकांले बारम्बार यसै विषयलाई उठाउदै आईरह्यौ तर कसैले पनि गम्भीरतापूर्वक हाम्रो कुराहरुलाई लिइएन ।आज कानूनी रुपमा हेर्ने हो भने दार्जीलिङको भूभाग ‘न्यू ट्रल ‘ स्थितिमा छ यस्तो  स्थितिमा केन्द्र सरकारले यथाशीघ्र यो भू-भागलाई टुङ्गो लाउनु पर्नेहुन्छ ।
इतिहास दस्तावेज साथै सत्य तथ्यको आधारमा यो भूभाग सिक्किमको हो सिक्किमले दार्जीलिङको कर खाएको जुन दस्तावेज छ यसको यो नै पोख्त प्रमाण हुन। सन् 1954 देखि गत 2018 सालसम्म  रिपिल हुन नसकेको एब्जर्भ एरिया एक्ट-लाई भाजपको सरकारले  गत 2018 सालमा रिपिल गरिदियो ।
अनि दार्जीलिङको सांसद राजु विष्टले पनि अन्तमा आएर एब्जर्भ एरिया एक्ट-को सन्दर्भलाई सदनमा राखे तरैपनि उनले संसदलाई दार्जीलिङको भूभागको ऐेतेहासिक पृष्ठभूमि माथि अवगत गराएनन्। यँहाका जनताको चेतना खोलिए दार्जीलिङ-सिक्किम एकिकरण हुन धेरै समय लाग्दैन, दोङले थपे।

Share this news
आजको रोजाइ
२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

प्रधानमन्त्री निवासअगाडि विपक्षीको प्रदर्शन, शिक्षामन्त्रीसहित तीन प्रमुख नेताको राजीनामाको माग

आजको रोजाइ