नयाँ-बस्ती,21 दिसम्बर(निसं): स्थानीय खेलाडीहरु म्ञ्च दिने प्रमुख उदेश्यको साथमा नयाँ बस्ती वेलफर सोसाइटीद्वारा आयोजित स्वर्गीय नरवीर इजम लिम्बू नकआउट खुल्ला हाते भकुण्डो प्रतियोगिता शनिबार रङारङ कार्यक्रमबीच सुरु भयो। अगमसिंह गिरी उच्चतर माध्यमिक विद्यालय नयाँ बस्तीको खेल मैदानमा डिल्लीराम खनालको अध्यक्षता उद्घाटन खेलको प्रमुख अतिथि सभासद भूपेन्द्र छेत्री थिए भने विशिष्ट अतिथिहरु विनय सुब्बालगायत अन्य गन्यमान्री व्यक्तिवर्गको विशेष रूपमा उपस्थित थियो । यसैबीच आजको पहिलो खेल खोप्रेल बनाम सोम कमानबीच भिडन्त भयो जसमा खोप्रेल भलिबल दलले 3-2 सेटको अन्तरले विजयी बन्दै प्रतियोगिताको अघिल्लो चरणमा स्थान बनाएको छ। प्रतियोगितामा वरिपरि सगै दार्जिलिङ कालेबुङ मङ्पु मिरिक लगायत छिमेकी रास्ट नेपालका 15 वटा दलहरूले सहभागिता जनाउने आयोजक समितिले जनाएको छ। यसका साथमा बिजेता साथै उपविजेता दललाई उत्कृष्ट नगद राशीको साथमा आकर्षक ट्रफी समेत प्रदान गरिने छ बताइएको छ। फाइनल खेल आगामी 14 जनवरी मागे सङ्क्रान्तिको दिन सम्पन्न हुनेछ। मुख्य उदेश्य स्थानीय प्रतिभाहरु मंच दिदै उत्कृष्ट खेलाडीहरु जन्माउने तथा नयाँ बस्ती क्षेत्रको पुरानो भलिबलको गरिमालाई पुनः स्थपित गर्ने हो, आयोजक समितिको पक्षमा रमेश राईले बताए। यसको साथमा हिउँदको समयमा विद्यार्थीहरुको छुट्टीलाई मोबाइलको दुनियाँबाट बाहिर निकाल्दै खेल मोबाइलमा होइन खेल मैदानमा नै खेल्नुपर्ने सन्देश दिन चाहेका उनको थप बताए भने पहिलो सस्करणजस्तै आफुहरु सफल हुने आशा समेत उनले व्यक्त गरे।











