खरसाङ, (मोहन प्रसाद): खरसाङ्मा यथाशीघ्र एउटा स्टेडियमको निर्माण हुनुपर्छ भन्ने मागमाथि जोर दिँदै हालैमा खरसाङ्मा विभिन्न खेलखुद एवं खेल प्रेमीहरूको सहयोगमा स्थापित भएको खरसाङ स्टेडियम निर्माण कमिटीद्वारा शनिवार स्टेडियमको निर्माण माथि जोर दिँदै खरसाङ बजारमा व्यापक पोस्टेरिङ गरियो।
यस अवधि पत्रकारहरूसित बोल्दै, निर्माण कमिटीका उपाध्यक्ष पूर्बा घिसिङले जनाए अनुसार, क्षेत्रका सबै खेल प्रेमीहरूको सहयोगमा खरसाङ स्टेडियम निर्माण कमिटीको गठन भएको हो भने यस दीर्घकालीन मागलाई संयुक्त रूपमा खरसाङ क्षेत्रका विभिन्न खेल प्रेमीहरू साथै जनसाधरणको सहयोगमा यस मागलाई अघि बढ़ाउँदै विभिन्न कार्य भइरहेको छ। हालैमा निर्माण कमिटीद्वारा खरसाङ्मा एउटा सामूहिक हस्ताक्षर अभियानको आयोजना गरिएको थियो भने पछि उक्त मागमा शहरमा मानिसहरूलाई पर्चा वितरण गर्ने कार्य पनि भएको थियो। हस्ताक्षर अभियानमा खरसाङ्का जनताले व्यापक रुपमा हस्ताक्षर गरेर सहयोग गर्दै स्टेडियम निर्माणको मागलाई बल दिएका थिए। यस बाहेक सम्बन्धित अधिकारी साथै निकायहरूमा उक्त मागमाथि जोर दिँदै ज्ञापन पत्र सुम्पिने कार्य पनि अगावै भइसकेको भनी तिनले जनाए ।
त्यति मात्र होइन, उक्त मागमाथि थप बल दिँदै आगामी 27 दिसम्बरमा विराट ऱ्यालीको आयोजना पनि भइरहेको तिनले जनाए । तिनले यस र याली मा सबैको सहयोगको अपेक्षा पनि राखेको बताए। पोस्टर टाँस्ने कार्यमा खरसाङ स्टेडियम निर्माण समिति अध्यक्ष छिरिङ खाइबा, सचिव सुदीप राई लगायत अन्यान्य पदाधिकारी अनि सदस्यहरू सामेल रहेका थिए।











