313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमा समितिद्वारा खरसाङस्थित गोर्खा जनपुस्तकालय भवनमा एउटा सभाको आयोजना गरेर विभिन्न विषयहरूमा चर्चा गर्दै निर्णय लिइएको छ। 313 शिक्षक नियुक्ति मामिलामा सीबीआईको जाँच हुनुपर्छ भनी माग गर्दै उक्त सभामा प्रस्ताव पारित गरिएको छ।

सभापछि हिमालय दर्पणसित बोल्दै, गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमा समितिका अध्यक्ष योगेन्द्र राईले बताए अनुसार, गोजमुमो खरसाङ महकुमा समितिद्वारा खरसाङ्को गोर्खा जनपुस्तकालय भवनमा एउटा सभा सम्पन्न भयो। सभामा विभिन्न विषयमा चर्चा-परिचर्चा भयो भने वर्तमानमा चलिरहेको 313 शिक्षक नियुक्ति मामिलामा गहन चर्चा गर्दै पार्टीद्वारा सीबीआई जाँच हुनुपर्छ भनी माग गर्दै प्रस्ताव ग्रहण गरिएको छ। त्यति मात्र होइन, यी 313 शिक्षकहरूमा लगभग दुई सय शिक्षकहरू योग्य रहेका तिनीहरूसित जानकारी रहेको बताउदै राईले वास्तविक रूपमा तिनीहरू विभिन्न स्कूलहरूमा स्वयं सेवक शिक्षकको रूपमा कार्य गर्दै आइरहेका थिए, तर आज चोर दैलोबाट नियुक्ति पाउनेहरूमा ती योग्य शिक्षकहरू पनि मुसिएको छन्‌‍। अब ती योग्य शिक्षकहरू कसैको झुठो आश्वासनमा नपरेर सेग्रीगेट हुनुपर्छ अनि छनोटपछि उच्च अदालतमा न्यायको माग गर्नु पर्छ।

गोर्खा जनमुक्ति मोर्चाले ती योग्य शिक्षकहरूलाई न्यालय जान के-कस्ता सहयोग पुरयाउनु पर्छ त्यो पुऱ्याएको हुन्छ साथै योग्यलाई सधैंनै साथ दिएको हुन्छ भनी बताए। राईले थप जनाए अनुसार, जीटीए प्रमुख अनित थापाले फेरि पनि शिक्षकहरूलाई कलकत्तामा राज्य सरकारसित मिलेर समस्याको समाधान गर्नेछु भनेर आँखामा धूलो हाल्ने कार्य गरिरहेका छन्‌‍, कारण राज्य सरकारका शिक्षा मन्त्री साथै अन्य मन्त्रीहरू अगावै शिक्षक नियुक्ति साथै अन्य विभिन्न घोटालामा जेलमा छन्‌‍। जीटीए प्रमुख अनित थापाले राज्य सरकारसित मिलेर विकास मूलक कार्य गरेको बताउँछन्‌‍ भने तिनले राज्यसित मिलेर किन्‌‍ रिजनल एसएससी लागू गर्न सकेनन्‌‍?

शनिवारको उक्त सभामा 313 शिक्षकहरूलाई सेग्रीगेट गरेर सहयोग गर्ने साथै उक्त मामिलामा सीबीआई जाँचको मांग गर्ने प्रस्ताव पारित गरिएको छ। यस बाहेक गोर्खा जनमुक्ति मोर्चा, खरसाङ महकुमा समितिद्वारा विगत 21 नोभेम्बरमा स्थगित भएको प्रस्तावित संगोष्ठी अब आगामी 18 जनवरीमा आयोजन गर्ने निर्णय लिइएको पनि राईले बताए।

सभामा गोजमुमो खरसाङ महकुमा समितिका संयोजक प्रदीप प्रधान, केन्द्रीय समिति सदस्य शरण देवान, महकुमा समिति सदस्य विकास तिरुवा, नारी मोर्चा केन्द्रीय समिति नेत्री शकुन्तला लामा, शान्ता थापा, नारी मोर्चा महकुमा समिति अध्यक्ष शान्ति राई, अनि अन्यान्य वरिष्ठ नेतृत्वहरू उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

आजको रोजाइ