मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

Share this news

खरसाङ,  (निसं)ः खरसाङको दुर्बिन डाँड़ालाई सुन्दरीकरण गरेर दागोपाप कालमा यसको नाम तत्कालिन दागोपाप चेयरम्यान सुवास घिसिङ इगल क्र्‌‍याग राखेका थिए। यस डाँड़ाको सुन्दरीकरण गरिएपछि यहाँ स्थानीय अनि विभिन्न स्थानमा धेरै मानिसहरू घुम्न आउन थालेका थिए। यसैको नजिक निर्माण गरिएको दुर्दशनको अग्लो टावरको कारण पनि यो स्थान मानिसहरूको नजरमा आएको हो भन्ने कतिपय मानिसहरूको मत छ।

दागोपाप कालमा दुर्बिन डाँड़ाको सुन्दरीकरण गरिएपछि घुम्नको निम्ति यो खरसाङ शहर नजिकको एउटा उपयुक्त र महत्वपूर्ण स्थान बने तापनि यहाँ रहेको विभिन्न कम्पनीका मोबाइल टावरहरूले भने यस स्थानको सुन्दतामा बाधा उत्पन्न गरेको देखिएको छ। यहाँको मोबाइल फोनको टावरहरूको बारेमा धेरै मानिसहरूको यस्तै मत पनि पाइएको छ। यस स्थानमा अहिले 5-6 वटा विभिन्न कम्पनीका मोबाइल टावरहरू छन्‌‍। ती टावरहरूको ठूलो ठूलो जेनेरेटर अनि अन्य मशिनहरू पनि यहाँ राखिएका छन्‌‍। यसैको छेउमा दुई वटा पानीको रिजर्भ ट्याङ्की रहेका छन्‌‍। त्यसपछि बाँचेको भागमा एउटा पार्क निर्माण गरिएको छ।

यस पार्कमा अहिले खरसाङ बजार, खरसाङदेखि बाहिरबाट आएका पर्यटकहरू पनि घुम्न आउने गरेका छन्‌‍। यहाँ घुम्न आउने कतिपय पर्यटकहरूले यहाँ रहेका मोबाइल फोन सेवाका टावरहरूको कारण यस स्थानको सुन्दरतामा निकै बाधा उत्पन्न भएको बताएका छन्‌‍। यस स्थानमा रहेका मोबाइल टावरहरूको कारण खरसाङ बजार तर्फको केही स्थान छलिएको पनि कतिपयले बताएका छन्‌‍।

डाउहिलबाट आफ्नो नानीहरू लिएर यो स्थान घुम्न आएका एक व्यक्तिले घुम्नलाई त्यस्तो भव्य र रमाइलो स्थान नभए तापनि यहाँ राखिएका पशु-पंक्षीका प्रतिकृतिहरूको कारण नानीहरूलाई रमाउने गरेको बताए। यस पार्कमा पस्नलाई 10 रुपियाँको टिकट काट्न पर्ने बताउदै, तिनले यहाँ रहेका मोबाइल फोन सेवाका टावरहरूले यस स्थानको सुन्दरतामा कमी आएको बताउदै यस स्थानमा टाउव नराखेर पार्कको जग्गा अझ बढ़ाइएको खण्डमा उचित रहने बताए। सिलगढ़ीबाट आएका एक तम्पतीले तिनीहरू यस स्थानमा समय समयमा आउने गरेको बताउदै आफ्नो नानी यहाँको सनसाईन स्कूलमा पढ़दै गरेकाले नानीलाई स्कूलमा छोड़न आएको समय यहाँ घुम्न आएको बताए। तिनीहरूले पनि यहाँको टावसहरू रहेको स्थानसम्म पार्क फैलिएको भए घुम्नलाई अझ राम्रो हुने बताउदै तथापि यहाँबाट देखिने सिलगढ़ी, बाघडुग्रा, नेपाली, टिस्टा नदी, पहाड़ र समतल मिलेको स्थान, घाम अस्ताउदाको दृश्य अति मन मोहक लाग्ने गरेको बताए।

Share this news
आजको रोजाइ
खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

खरसाङमा निष्क्रिय राशन कार्ड पुनः सक्रिय: अफवाहको पछाडि नलाग्न भाजपा नेता रामकृष्ण शर्माको आग्रह

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

२५ दिनको अनशनपछि सोनम वाङ्चुक मेदान्ता अस्पतालमा भर्ना, जेपी नड्डाले भेटे

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

कोलकातामा शहीद दिवसको अवसरमा पश्चिम बंगालको राजनीति तात्यो: टीएमसी, भाजपा र कांग्रेसबीच आरोप-प्रत्यारोप

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

श्रेयसको कप्तानीमा युवा भारतीय टोली समक्ष जिम्बाब्वेको कड़ा चुनौती

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

भारतमा आजदेखि ब्रिक्स स्वास्थ्य मन्त्रीहरूको बैठक, चण्डीगढमा स्वास्थ्य सुरक्षा र डिजिटल स्वास्थ्यमा केन्द्रित छलफल

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

१५ वर्षमुनिका बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक फ्रान्सबाट पारित

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

राशन डिलर्स एसोसिएसनको टोलीद्वारा बिमल गुरुङसँग भेटवार्ता

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

सिक्किम सुरुङ दुर्घटना: मृत्यु हुनेको संख्या २० पुग्यो, फसेका ५ कामदारको उद्धार गर्न गम्भीर अभियान जारी

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

“जबसम्म मिरिक झीलमा माछा रहन्छ, तबसम्म हाम्राे जीवन चल्छ”: स्थानीय व्यवसायी ममता तामाङ

आजको रोजाइ