जीर्ण मिनि मार्केटको व्यस्थापन अहिलेसम्म नभएको गुनासो

Share this news

खरसाङ,  (निसं) खरसाङ मोटर स्ट्याण्ड नजिकमा जीर्ण अवस्थामा रहेको मिनी मार्केट अथवा अग्रवाल स्टोरको उचित व्यवस्थापन गर्ने अथवा यसलाई भत्काउने कार्य अझसम्म नभएको स्थानीय मानिसहरूको गुनासो छ।

काठ अनि टीनद्वारा निर्मित उक्त मिनि मार्केट जीर्ण अवस्थामा पुगेको र यसको पछिल्तिरको भित्ता झर्न सक्ने अथवा भवन ढल्न सक्ने सम्भावना बनेपछि भवनदेखि मुनिको क्षेत्रमा बसिरहेका मानिसहरू चिन्तामा परेका छन्‌‍। यस मिनि मार्केटको काठको खाँबोहरू मक्किएको अवस्थामा रहेका छन्‌‍ भने माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू मक्किएर झरेको छ। एक तर्फको छानु पनि उप्किएको अवस्थामा देखिएको छ अनि पछिल्तिरको भाग भत्किएर काठहरू झरिसकेको अवस्थामा रहेको छ।

यो मिनि मार्केटको पछिल्तिरको भित्ता झरेको अथवा ढलेको खण्डमा भवनदेखि मुनि रहेका कल्पना गुरुङ, सञ्जय छेत्री अनि अन्य दुई घर-परिवारका सदस्यहरूलाई निकै जोखिम हुने देखिएको छ। स्थानीय सञ्जय छेत्रीले बताए अनुसार यो मिनी मार्केटको अवस्था वर्तमानमा निकै जीर्ण बनेको छ। यसको पछिको भित्ता झर्न सक्ने अथवा जीर्ण अवस्थाको कारण यो घर हावा-बतास अथवा वर्षाकालमा ढल्न सक्ने सम्भावना रहेको बताउदै यो पुरानो अनि जीर्ण घरको व्यस्थापन चाँड़ो गर्न पर्ने आवश्यकता रहेको बताए। यसबाट हुन सक्ने जोखिमको बारेमा अवगत गराउँदै सुवेदार बस्ती ग्राम सुधार समितिले केही महिना अघि खरसाङ नगरपालिका कार्यालयमा लिखित गुनासो समेत दिइसकेको छ भनी तिनले थप बताए।

सञ्जय छेत्रीले भने, यो मिनी मार्केटको धेरै वर्षदेखि बन्द अवस्थामा रहेको छ। बन्द अवस्थामा त्यतिकै छोड़िएको यो भवन वर्तमानमा मक्किएर ढल्ने अथवा पछिको भित्ता झर्न सक्ने स्थितिमा पुगेको छ। पूर्ण रुपले काठ अनि टीनद्वारा निर्मित यो भवनको खाँबोहरू मक्किएको अवस्थामा रहेका छन्‌‍। माथिल्लो तलाको निम्ति लगाइएको काठको पटाइहरू पनि मक्किएर झरेपछि अझ जोखिमपूर्ण बनेको छ। भवनको पछिल्तिरको भाग झरेको अथवा भवन ढलेको खण्डमा म लगायत अन्य तीन परिवारलाई जोखिम हुनेछ। तिनले यो भवनको अवस्था र यसबाट हुनसक्ने जोखिमलाई हेरर भवन भत्काउन पर्ने बताए। तिनले सम्बन्धित निकायहहरूले पनि यस विषयमा ध्यान दिन पर्ने आश्यकता रहेको बताए। स्मरण गराइन्छ, यस जीर्ण भवनको अवस्थाको बारेमा हिमालय दर्पणले अगावै ध्यानाकर्षण गराइसकेको छ।


Share this news
आजको रोजाइ
टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन