गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

Share this news

दार्जीलिङ, 20 दिसम्बर(निसं): दार्जीलिङ शहरमा प्रत्येक बिहीबार लाग्ने गोर्खे हाटले चर्चा र प्रसिद्धि कमाएर लोकप्रिय बनिरहेको समय अहिलेघरी हाटमा सरसमानको मूल्य बजार भाउको तुलनामा घेर रहेको जनगुनासो लक्ष्य समूह नामक सामजिक संस्थाकहाँ आएपछि संस्थाका संयोजक राजेश गुरूङले उक्त हाट देखरेख गर्ने सम्बन्धित पक्षले अनुशासनको दायराभित्र रहेर सरसमानको मूल्य तय गर्नुपर्ने आह्वान गरेको छ।

संस्थाको एउटा प्रतिनिधि टोलीले गएको बिहीबार गोर्खे हाट पुगेर सरसमान खरीददारी गर्नुको साथै चिजबिचको मूल्यबारे सोधी खोजी गर्दा साग सब्जीको दाममा फरक पाएको जनाउँदै राजेश गुरूङले भने, गोर्खे हाटलाई लामो समयसम्म चलाउनु हो भने सटीक मूल्यमा सरसमानहरू बिक्री गर्न आवश्यक छ। ताकि मानिसहरू हाटमा आएर

सरसमानहरू किनोस्। यदि सरसमानको मूल्य अधिक बढ़ेर गए यो हाट लामो समयसम्म नचल्न पनि सक्छ। हाम्रै बेकारी भाई बहिनीहरूले केही गरोस् भनी हिमालय कला मन्दिरबाट गोर्खे हाट शुरू गर्दा ८/९ वटा संघ संस्थाहरूमा हामीले पनि सहयोग गरेको

हो। गोर्खे हाट जैविक खाद्य पदार्थको निम्ति शुरू गरिएको भए तापनि यहाँ सिलगढ़ीबाट पनि साग सब्जीहरू ल्याएर बिक्री गरिरहेको सन्देह गुरूङले व्यक्त गरे। उनले भने, हाटमा सरसमानको दाम बजार भाउ भन्दा तलमाथि भएको गुनासो हामीलाई

आएको थियो। त्यसैले हामी निरीक्षण गर्न आएको हो। हामी फेरि पनि आइरहनेछौँ। जसको देखरेखमा यो गोर्खे हाट चल्दैछ, उनीहरूले पनि सरसमानको मूल्यमाथि ध्यान दिइयोस्, गुरूङले थपे। यस अवसरमा संस्थाका अरू प्रतिनिधिहरू पनि उपस्थित थिए।

Share this news
आजको रोजाइ
अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

आजको रोजाइ