गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

Share this news

दार्जीलिङ, 20 दिसम्बर(निसं): दार्जीलिङ शहरमा प्रत्येक बिहीबार लाग्ने गोर्खे हाटले चर्चा र प्रसिद्धि कमाएर लोकप्रिय बनिरहेको समय अहिलेघरी हाटमा सरसमानको मूल्य बजार भाउको तुलनामा घेर रहेको जनगुनासो लक्ष्य समूह नामक सामजिक संस्थाकहाँ आएपछि संस्थाका संयोजक राजेश गुरूङले उक्त हाट देखरेख गर्ने सम्बन्धित पक्षले अनुशासनको दायराभित्र रहेर सरसमानको मूल्य तय गर्नुपर्ने आह्वान गरेको छ।

संस्थाको एउटा प्रतिनिधि टोलीले गएको बिहीबार गोर्खे हाट पुगेर सरसमान खरीददारी गर्नुको साथै चिजबिचको मूल्यबारे सोधी खोजी गर्दा साग सब्जीको दाममा फरक पाएको जनाउँदै राजेश गुरूङले भने, गोर्खे हाटलाई लामो समयसम्म चलाउनु हो भने सटीक मूल्यमा सरसमानहरू बिक्री गर्न आवश्यक छ। ताकि मानिसहरू हाटमा आएर

सरसमानहरू किनोस्। यदि सरसमानको मूल्य अधिक बढ़ेर गए यो हाट लामो समयसम्म नचल्न पनि सक्छ। हाम्रै बेकारी भाई बहिनीहरूले केही गरोस् भनी हिमालय कला मन्दिरबाट गोर्खे हाट शुरू गर्दा ८/९ वटा संघ संस्थाहरूमा हामीले पनि सहयोग गरेको

हो। गोर्खे हाट जैविक खाद्य पदार्थको निम्ति शुरू गरिएको भए तापनि यहाँ सिलगढ़ीबाट पनि साग सब्जीहरू ल्याएर बिक्री गरिरहेको सन्देह गुरूङले व्यक्त गरे। उनले भने, हाटमा सरसमानको दाम बजार भाउ भन्दा तलमाथि भएको गुनासो हामीलाई

आएको थियो। त्यसैले हामी निरीक्षण गर्न आएको हो। हामी फेरि पनि आइरहनेछौँ। जसको देखरेखमा यो गोर्खे हाट चल्दैछ, उनीहरूले पनि सरसमानको मूल्यमाथि ध्यान दिइयोस्, गुरूङले थपे। यस अवसरमा संस्थाका अरू प्रतिनिधिहरू पनि उपस्थित थिए।


Share this news
आजको रोजाइ
बदलिएको सपनाले बनायो नयाँ पहिचान

बदलिएको सपनाले बनायो नयाँ पहिचान

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

आजको रोजाइ