313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

Share this news

खरसाङ , (निसं): पहाड़का 313 जना शिक्षक-शिक्षिकाहरुको साथमा रहेर सघाउन तयार रहेको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्‌‍। उनले 313 जना शिक्षक-शिक्षिकाहरुलाई नअत्तालिने र केही नहुने साथै कसैको नोकरी नजाने कारण पहाड़को अलग्गै प्रावधान छ भनी बताएका छन्‌‍। उनले आफु पूर्ण रुपमा 313 जना शिक्षक-शिक्षिकाहरुको साथमा रहेर सघाउने बताए।

उनले भने, यो गोर्खा जातिमाथि आइपरेको संकट हो र म पूर्ण रुपमा शिक्षकहरुको साथमा रहेर सघाउन तयार छु। पहाड़मा शिक्षा व्यवस्था र शिक्षक-शिक्षिकाहरुमाथि ठूलो ग्रहण लागेको र 313 जना शिक्षक-शिक्षिकाहरुको नाममा पहाड़मा 36 हजार शिक्षक-शिक्षिकाहरुमाथि ग्रहण लागेको बौद्ध धर्म गुरु पेम्बा रिम्पोर्छेले बताएका छन्‌‍। उनले गोर्खाहरुमाथिअन्याय र अत्यचार हुँदा र समस्या आइपरेको बेला पनि गोर्खाहरु नै रमाईरहेको बताउँदै कोही सानो जीटीएको कुर्सीको लोभमा पनि छन्‌‍ भनी बताएका छन्‌‍।

उनले भने, यो ससम्या शिक्षक-शिक्षिकाहरु र विद्यार्थीहरुले पनि भोगिरहेको छ। अहिले 313 जनाबाहेक पनि 36 हजार शिक्षक-शिक्षिकाहरुमाथि समस्या आइपरेको छ र 36 हजार शिक्षक-शिक्षिकाहरु हट्नु भनेको पहाड़को शिक्षा व्यवस्था डामाडोल हुनु हो। के गोर्खाहरुलाई शिक्षा लिने अधिकार छैन यो प्रश्न राज्य र केन्द्र सरकार दुवैलाई हो। उनले अघि भने, पहाड़मा अहिले गोर्खाले गोर्खालाई पढ़ाउनेहरुलाई नै आह्रिस गरिरहेको छ। तर म 313 जना शिक्षक-शिक्षिकाहरुलाई सघाउन तयार रहेको छु।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ