भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

Share this news

खरसाङ,  (मोहन प्रसाद): वर्तमान राज्य सरकारको भ्रष्टचारी नीतिको छत्रछायामा चलिरहेको व्यवस्था अन्तर्गत सठीक नियुक्ति प्रक्रियाको अभावमा पहाड़मा 313 जना शिक्षकहरूको यस्तो अवस्थामा भएको हो भनी क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) का केन्द्रीय समिति सदस्य उद्धव खनालले आरोप लगाएका छन्‌‍।
खरसाङ्मा हिमालय दर्पणसित बोल्दै सीपीआरएम पार्टीका एक वरिष्ठ नेता साथै पार्टीको केन्द्रीय समिति सदस्य उद्धव खनालले बताए अनुसार, विगतमा पहाड़मा इम्प्लोयमेन्ट एक्सचेञ्ज मार्फत्‌‍ अन्तर्वार्ता बोलाएर नियुक्ति प्रक्रिया हुने गर्थ्यो । तर पछि गएर पहाड़मा भाई-भतिजावाद, झण्डा पक्रिनेहरूलाई नौकरी दिने प्रक्रिया शुरू भयो। 313 मध्ये प्रायः नै झण्डा समात्ने, नेताहरूका आफन्तहरू थिए। यसैले नियुक्तिबाट वञ्चित रहेका सक्षम र असन्तुष्ट रहेका युवाहरूले न्यालयमा मुद्दा दर्ता गरेपछि यो अवस्था आएको हो।
यो सबै धाँधली वर्तमान बंगाल सरकारको छत्रछायामा भइरहेको छ। देशको कुनै राज्यमा यस्तो प्रकारले शिक्षक नियुक्तिमा व्यापक धाँधली भएको छैन, केवल बंगालमा मात्र यस्तो प्रकारको धाँधली अनि भाई-भतिजावाद भइरहेको छ। तिनले यो पनि जनाए कि यो सबै हुनुको एउटा मुख्य कारण, पहाड़मा गोर्खा जातिको छुट्टै राज्य गोर्खाल्याण्ड नहुनुले पनि हो। आफ्नै छुट्टै राज्य गोर्खाल्याण्ड भएको खण्डमा यस्तो नियुक्ति प्रक्रियालाई आफैले कार्यन्वयन गरेर लैजान सकिन्थ्यो। तिनले भने, यहाँ क्रएसएससी लागू हुनु पर्छ, जबदेखि बंगालमा अनि पहाड़मा भाई-भतिजावाद अनि झण्डा पक्रिनेलाई नियुक्ति दिने प्रक्रिया शुरू भयो, त्यस समयदेखि नै पहाड़मा यस्तो प्रकारको समस्या शुरू भयो। यस प्रकारको नियुक्ति प्रक्रियाको कारणले गर्दा यहाँका योग्य अनि शिक्षित बेकारी युवाहरू बेकार भएर बस्नु परिरहेका छन्‌‍। अलग राज्य गोर्खाल्याण्ड भएको खण्डमा आफैले सही प्रक्रियाको माध्यमले यहाँका बेकारी अनि शिक्षिक्त युवाहरूलाई नियुक्ति प्रदान गर्न सकिन्छ। पहाड़मा रहेका यस्ता धेरै समस्याको समाधानको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड आवश्यक रहेको ठोकुवा पनि गरे।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ