घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

Share this news

तीनधारे, (निसं): खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतको तर्फबाट सर सफाईमा ध्यान दिन्दै सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीन वितरण गरिएको छ। घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट उक्त डिसपोजर मशीन घैयाबारी प्राथमिक स्वास्थ्य केन्द्र, उषाकिरण मल्टिपर्जोस को-ओपरेटिभ सोसाइटी र रोहिणी सप सेन्टरमा गरी जम्मा तीनवटा डिसपोजल मशीनहरु प्रदान गरिएको छ। यी तीनवटा मशीनहरुमार्फत्‌‍ सेनिटेरी नेपकिन र डाइपरहरु डिसपोजल गरिने भएको छ।

सरकारको निर्देशन अनुसार विभिन्न स्थानहरुमा सर सफाईको कार्य भईरहेको छ भने प्लास्टिकको प्रयोग विषयमा सचेतना फैलाउने कार्य पनि भईरहेको छ। यसै क्रममा सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गर्ने मशीनहरु तीनवटा स्थानहरुमा राखिएको बताइएको छ। यस मशीनहरु वितरण कार्यमा घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा राई, उप प्रधान केवल राई, पञ्चायत समिति सदस्या कुसुम प्रधान, पञ्चायत सचिव लगायत अन्यहरु उपस्थित रहेका थिए।

यस विषयमा घैयाबारी ग्राम पञ्चायतको पञ्चायत प्रधान सुष्मा वाईबा राईले सरकारको तर्फबाट घैयाबारी ग्राम पञ्चायत तीनमा तीनवटा डिसपोजल मशीनहरु तीनवटा स्थानहरुमा राखिएको बताएका छन्‌‍। उनले यी मशीनहरु सेनेटेरी प्याड र डाइपरहरु डिसपोजल गरिने भएको जानकारी गराएकी छन्‌‍। उनले सबैलाई सफा र स्वच्छ रहन आह्वान्‌‍ गर्दै आफ्नो गाउँ सफा राखौँ भनी सबैलाई अनुरोध गरेकी छन्‌‍।


Share this news
आजको रोजाइ
रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

आजको रोजाइ