28 नम्बर समष्टि सभासद् अनि भागोप्रमो 313 को साथमा

Share this news

खरसाङ,  (निसं)ः वर्तमानमा चलिरहेको 313 शिक्षक-शिक्षिकाहरूको संघर्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 28 न0 समष्टिका पदअधिकारीगण साथै समष्टि सभासद्ले आफूहरू साथ रहेको बताएका छन्‌‍।

सभासद्‌‍ श्याम शेर्पा अनि पार्टीका प्रतिनिधिहरूले शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनेर लगाएको लाञ्छनाप्रति घोर भर्त्सना जनाएका छन्‌‍। आफ्नो जीवनको बहुमूल्य समय दिएर विधार्थीहरुको भविष्य निर्माणको लागि दिएको योगदानको अवश्य नै मूल्याङ्कन हुनेछ भनी तिनीहरूले बताएका छन्‌‍। 313 शिक्षक-शिक्षिकाहरूको अवश्य नै जित हुनेछ छ भनी विश्वास प्रकट गर्दै परेको खण्डमा मलम लगाउनु नसके, नुन छर्कने काम गर्न नहुने, यस विषयमा सस्तो राजनीति नगरिदिने अनुरोध सभासद्‌‍ अनि पार्टी प्रतिनिधिहरूले गरेका छन्‌‍।

सभासद्‌‍ शेर्पाले भने, अहिले 313 शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनी जुन लाञ्छना लगाइएको छ, यसको हामी खुलेर घोर भर्त्सना गर्छौँ। हामी ती सम्पूर्ण संघर्षरत शिक्षक-शिक्षिकाहरूको साथमा छौँ। अहिले ती शिक्षक-शिक्षिकाहरूको गाँस खोस्ने प्रयास भइरहेको छ, यसको हामी विरोध गर्छौँ। हामी हर-हमेशा ती शिक्षकहरूको साथमा छौँ। शिक्षक-शिक्षिकाहरूलाई हामी हतास नहुने अग्रह गर्दछौँ। हामीलाई विश्वास छ शिक्षक-शिक्षिकाहरूको जीत अवश्यै हुनेछ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 नम्बर समष्टि सांगठनिक सचिव एवं महकुमा समिति कार्यकारिणी समिति सदस्य प्रेम बम्जनले भने, अहिले 313 शिक्षक -शिक्षिकाको मामिलामा न्यायलयमा सुनवाई भइरहेको छ। ती सम्पूर्ण शिक्षक-शिक्षिकाको साथमा भागोप्रमोको 28 नम्बर समष्टि छ। ती शिक्षक-शिक्षिकाहरूले विभिन्न विद्यालयमा अध्यापन गरेर आफ्नो परिवार चलाइरहेका थिए। अहिले पहाड़मा शान्ति छ र विकासका कार्यहरू भइरहेका छन्‌‍। विपक्षी पार्टीहरूले विकासको कार्यमा बाधा उत्पन्न गर्ने कर्य गरिरहेका छन्‌‍। हामी ती शिक्षक-शिक्षिकाहरूलाई यस विषयमा कुनै चिन्ता नगर्ने अनुरोध गर्छौँ। हाम्रो जीटीए मुख्य कार्यपाल पनि यस मामिलामा लागिपरेका छन्‌‍। पहाड़का सम्पूर्ण जनता यस समय शिक्षक-शिक्षिकाहरूको साथमा छन्‌‍, हामी शिक्षक-शिक्षिकाहरूलाई साथ दिनेछौँ। दिन्

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ