खरसाङ, (निसं)ः वर्तमानमा चलिरहेको 313 शिक्षक-शिक्षिकाहरूको संघर्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको 28 न0 समष्टिका पदअधिकारीगण साथै समष्टि सभासद्ले आफूहरू साथ रहेको बताएका छन्।
सभासद् श्याम शेर्पा अनि पार्टीका प्रतिनिधिहरूले शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनेर लगाएको लाञ्छनाप्रति घोर भर्त्सना जनाएका छन्। आफ्नो जीवनको बहुमूल्य समय दिएर विधार्थीहरुको भविष्य निर्माणको लागि दिएको योगदानको अवश्य नै मूल्याङ्कन हुनेछ भनी तिनीहरूले बताएका छन्। 313 शिक्षक-शिक्षिकाहरूको अवश्य नै जित हुनेछ छ भनी विश्वास प्रकट गर्दै परेको खण्डमा मलम लगाउनु नसके, नुन छर्कने काम गर्न नहुने, यस विषयमा सस्तो राजनीति नगरिदिने अनुरोध सभासद् अनि पार्टी प्रतिनिधिहरूले गरेका छन्।
सभासद् शेर्पाले भने, अहिले 313 शिक्षक-शिक्षिकाहरूलाई चोर दैलोबाट पसेको भनी जुन लाञ्छना लगाइएको छ, यसको हामी खुलेर घोर भर्त्सना गर्छौँ। हामी ती सम्पूर्ण संघर्षरत शिक्षक-शिक्षिकाहरूको साथमा छौँ। अहिले ती शिक्षक-शिक्षिकाहरूको गाँस खोस्ने प्रयास भइरहेको छ, यसको हामी विरोध गर्छौँ। हामी हर-हमेशा ती शिक्षकहरूको साथमा छौँ। शिक्षक-शिक्षिकाहरूलाई हामी हतास नहुने अग्रह गर्दछौँ। हामीलाई विश्वास छ शिक्षक-शिक्षिकाहरूको जीत अवश्यै हुनेछ।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा 28 नम्बर समष्टि सांगठनिक सचिव एवं महकुमा समिति कार्यकारिणी समिति सदस्य प्रेम बम्जनले भने, अहिले 313 शिक्षक -शिक्षिकाको मामिलामा न्यायलयमा सुनवाई भइरहेको छ। ती सम्पूर्ण शिक्षक-शिक्षिकाको साथमा भागोप्रमोको 28 नम्बर समष्टि छ। ती शिक्षक-शिक्षिकाहरूले विभिन्न विद्यालयमा अध्यापन गरेर आफ्नो परिवार चलाइरहेका थिए। अहिले पहाड़मा शान्ति छ र विकासका कार्यहरू भइरहेका छन्। विपक्षी पार्टीहरूले विकासको कार्यमा बाधा उत्पन्न गर्ने कर्य गरिरहेका छन्। हामी ती शिक्षक-शिक्षिकाहरूलाई यस विषयमा कुनै चिन्ता नगर्ने अनुरोध गर्छौँ। हाम्रो जीटीए मुख्य कार्यपाल पनि यस मामिलामा लागिपरेका छन्। पहाड़का सम्पूर्ण जनता यस समय शिक्षक-शिक्षिकाहरूको साथमा छन्, हामी शिक्षक-शिक्षिकाहरूलाई साथ दिनेछौँ। दिन्











