फोहोर-मैलामा झुत्तिने कुकुरहरूसित सतर्कता अपनाउन आवश्यक

Share this news

खरसाङ,  (निसं)ः खरसाङ शहरको कतिपय स्थानमा फालिएको फोहोर-मैलामा रातिको समय भुस्याहा कुकुरहरू झुत्तिने गरेका छन्‌‍। यसरी फोहोर-मैलामा खाना खोजिरहेका कुकुरहरू मानिसहरूको निम्ति समस्या भइरहेको पनि गुनासोहरू प्राप्त भएको छ। शहरको कतिपय स्थानमा फालिएका फोहोर-मैलामा खाना खोज्दै गरेका कुकुरहरूले छेउबाट हिँड़िरहेका मानिसहरूलाई झम्टिने, छेउबाट हिँड़दा टोक्न खोज्ने गरेको मानिसहरूले बताएका छन्‌‍। फोहोर-मैलाको थुप्रोमा खाना खोजिरहेका यस्ता कुकुरहरू कुनै समय लड़ाई गरेर समस्या सृजना गर्ने गरेको पनि मानिसहरूले बताएका छन्‌‍।

मन्टभियट चिया बगानका एक व्यक्तिले रातिको समयमा यसरी फोहोर-मैलामा खाना खोजिरहेका अथवा फोहोर-मैलामा खानेकुरो खाइरहेका कुकुरहरूसित जोगिन पर्ने बताउदै एक रात तिनी यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट जाँदा दुई-तीनवटा कुकुरले एकै साथ झम्टिएर टोक्न खोजेको बताए। तिनले भने यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेका कुकुरहरूको नजिकबाट हिँड़दा कुकुरहरूलाई खनेकुरो खोसिदिन्छ भन्ने हुन्छ अथवा खानेकुरो खान दिँदैन भन्ने हुन्छ। ङ्वारर्‌‍ गरेर झम्टिन्दै टोक्न खोज्दो रहेछ। कुकुरले यसरी फोहोर-मैलामा खानेकुरो खोजिरहेको अथवा खाइरहेको छ भने तर्किएर हिँड़ेको उत्तम हो। तिनले यसरी सड़क किनार, बाटो, गल्लीमा फोहोर-मैला थुपार्नु पनि गलत रहेको बताए।

मन्टभियट रोडका एक व्यक्तिले रातिको समयमा फोहोर-मैलामा बाहिरबाट आएका कुकुरहरूले खानेकुरो खोज्ने र खाने गरेको र लड़ाई गर्ने गरेको बताउदै रातिको समयमा कुकुरहरूको लड़ाईले आफू दिक्क बनेको पनि बताए। स्मरण गराइन्छ, खरसाङ शहरी क्षेत्रमा वर्तमानमा धेरै मैलादानी बन्द गरिएको छ भने नगरवासीको घर, दोकानबाट निस्किएको फोहोर-मैला रातिको समयमा कतिपय नगरवासीले कुनै स्थानमा ल्याएर थुपार्ने गरेका छन्‌‍। राति नगरवासीले थुपारेका फोहोर-मैला बिहानै नगरपालिका कर्मचारीहरू आएर उठाएर लैजाने गरेका छन्‌‍। यसरी राति मानिसहरूले शहरको विभिन्न स्थानमा थुपारेका फोहोर-मैलामा भुस्याहा कुकुर, बिरालो अनि बाँदरहरूले खानेकुरो खोजेर खाने गरेको पाइएको छ।


Share this news
आजको रोजाइ
रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जित सिंह 

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

शारदा उमाविको रजत जयन्ती समारोह भव्य रूपमा आयोजित

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

गोर्खे हाटमा सामानको मूल्य धेर हुने गरेको गुनासो

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

जनजाति मान्यताको निम्ति महासंघले इण्टरलोक्युटरलाई रिर्पोट बुझाउने

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

313 शिक्षक-शिक्षिकाको साथमा पेम्बा रिम्पोर्छे

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

बंगलादेशमा भीडद्वारा युवकको हत्या, मृत्यु पछिसमेत अमानवीय व्यवहार

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

भ्रष्ट सरकारको छत्रछायामा नियुक्ति प्रक्रियाको कारण 313 को अवस्था

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

हिमालय दर्पणले नेपाली साहित्यलाई अघि बढ़ाउन ठूलो भूमिका निभाएको छः एमएस खान

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

घैयाबारी ग्राम पञ्चायत 3 मा 3 वटा डिसपोजल मशिन वितरण

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

नक्सलको जबरामा चितुवा पक्राऊ, मजदुरहरूले पाए राहत

आजको रोजाइ