कृषि विभागद्वारा लामा गाउँमा कृषकहरूलाई खेतीपाती प्रशिक्षण  

Share this news

लामा गाउँ, 20 दिसम्बर (निसं): कृषि विभागद्वारा लामागाउँका प्रगतिशील 50 कृषकहरूलाई खेतीपातीमाथि प्रशिक्षण गराए। दार्जीलिङ-पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधिनस्त लोवर लामागाउँ वार्ड नम्बर 3 मा क्षेत्रका कृषकहरू लिएर दार्जीलिङ पुबलजार खण्ड कृषि विभाग, बिजनबारीद्वारा कृषि विभाग अधिनस्त आत्मा(एटीएमए) परियोजना मार्फत एक दिने कार्यशालाको आयोजना गरेको छ। पुल बिजनबारी खण्ड कृषि विभागीय सहायक प्रविधि प्रबन्धक हेमकुमार छेत्री अनि  चिराग छेत्रीको प्रमुख उपस्थितिमा जैविक रूपमा माटोको उर्वरता शक्ति बढाउने जीवामृत  बनाउने प्रशिक्षण दिएको छ। यस दिन कृषकहरूलाई आफ्नो  बारीमा लगाएको सागसब्जीमा लाग्ने कीराहरूबाट बचाउन फेरोमेन्ट ट्रैप  किड्सहरू वितरण गरियो । उक्त फेरोमेन्ट ट्रैप बारीमा जडान गर्नले फलफूल तथा साग-सब्जीमा लाग्ने कीराहरू नष्ट हुने बताइएको छ।
 यस शिविरमा खण्ड कृषि विभागीय सहायक प्रविधि प्रबन्धक हेमकुमार छेत्रीले बोल्दै भने, कृषकहरूले बढी मात्र रासायनिक पदार्थ लगाउनाले खेतीपातीमा ह्रस आएको बताए । उक्त माटोको उर्वरा शक्ति बढाउने प्रशिक्षण शिविरको आयोजना गरि कृषि विभागद्वारा कृषकहरूलाई लिएर समय समयमा जैविक खेती गर्ने नि:शुल्क रूपमा प्रशिक्षण दिइरहेको छ भनि बताए। यद्यपि, कृषकहरूलाई यो प्रकारको प्रशिक्षण चाहेको खण्डमा कृषकहरूको साथ सहयोगका लागि कृषि विभाग बिजनबारी सदैव तत्पर रहेको पनि उनले जनाएका छ। आजको क्त शिविरमा 50 जना भन्दा बढी कृषकहरूले सहभागीता जनाएको थियोे भने खण्ड कृषि विभागीय अधिकारीगण बाहेक वार्ड सदस्य सञ्चमान लिम्बू, पञ्चायत समिति सदस्या लक्ष्यन्दा लिम्बू आदिको विषेश उपस्थिति रहेको स्थानीय कृषकहरूले जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ