कृषि विभागद्वारा लामा गाउँमा कृषकहरूलाई खेतीपाती प्रशिक्षण  

Share this news

लामा गाउँ, 20 दिसम्बर (निसं): कृषि विभागद्वारा लामागाउँका प्रगतिशील 50 कृषकहरूलाई खेतीपातीमाथि प्रशिक्षण गराए। दार्जीलिङ-पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधिनस्त लोवर लामागाउँ वार्ड नम्बर 3 मा क्षेत्रका कृषकहरू लिएर दार्जीलिङ पुबलजार खण्ड कृषि विभाग, बिजनबारीद्वारा कृषि विभाग अधिनस्त आत्मा(एटीएमए) परियोजना मार्फत एक दिने कार्यशालाको आयोजना गरेको छ। पुल बिजनबारी खण्ड कृषि विभागीय सहायक प्रविधि प्रबन्धक हेमकुमार छेत्री अनि  चिराग छेत्रीको प्रमुख उपस्थितिमा जैविक रूपमा माटोको उर्वरता शक्ति बढाउने जीवामृत  बनाउने प्रशिक्षण दिएको छ। यस दिन कृषकहरूलाई आफ्नो  बारीमा लगाएको सागसब्जीमा लाग्ने कीराहरूबाट बचाउन फेरोमेन्ट ट्रैप  किड्सहरू वितरण गरियो । उक्त फेरोमेन्ट ट्रैप बारीमा जडान गर्नले फलफूल तथा साग-सब्जीमा लाग्ने कीराहरू नष्ट हुने बताइएको छ।
 यस शिविरमा खण्ड कृषि विभागीय सहायक प्रविधि प्रबन्धक हेमकुमार छेत्रीले बोल्दै भने, कृषकहरूले बढी मात्र रासायनिक पदार्थ लगाउनाले खेतीपातीमा ह्रस आएको बताए । उक्त माटोको उर्वरा शक्ति बढाउने प्रशिक्षण शिविरको आयोजना गरि कृषि विभागद्वारा कृषकहरूलाई लिएर समय समयमा जैविक खेती गर्ने नि:शुल्क रूपमा प्रशिक्षण दिइरहेको छ भनि बताए। यद्यपि, कृषकहरूलाई यो प्रकारको प्रशिक्षण चाहेको खण्डमा कृषकहरूको साथ सहयोगका लागि कृषि विभाग बिजनबारी सदैव तत्पर रहेको पनि उनले जनाएका छ। आजको क्त शिविरमा 50 जना भन्दा बढी कृषकहरूले सहभागीता जनाएको थियोे भने खण्ड कृषि विभागीय अधिकारीगण बाहेक वार्ड सदस्य सञ्चमान लिम्बू, पञ्चायत समिति सदस्या लक्ष्यन्दा लिम्बू आदिको विषेश उपस्थिति रहेको स्थानीय कृषकहरूले जानकारी दिएको छ।

Share this news
आजको रोजाइ
टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

टीस्टा-मा एट्री-द्वारा जैविक विविधता र बढ्‌दो जोखिमको चेतावनी 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

एब्जर्भ एरिया एक्ट रिपिल-बारे विष्टले विस्तृत सदनमा कुरा राख्न पर्थ्यो: भरत दोङ 

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

स्वर्गीय नरवीर इजम खुल्ला हाते भकुण्डो प्रतियोगिता शुरु

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

साहित्यकार एवं समाजसेवी चन्द्र शर्मको अन्तिम संस्कार सम्पन्न

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

हेमन्तले रेकर्ड तोड्दै भारतको शीर्ष ट्रेल धावक बने

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

टेकवीर बस्तीमा प्रि-क्रिशमस पालन

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

स्टेडियम निर्माण माग समितिद्वारा खरसाङमा पोस्टरिङ

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

313 शिक्षक नियुक्ति मामिलामा गोजमुमोद्वारा सीबीआई जाँच

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

मोबाइल सेवाका टावरहरूको कारण दुर्बिन डाँड़को सुन्दरतामा कमी

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन 

तक्दाहमा एबाकस केन्द्रको उद्घाटन