भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा कार्यालयमा वर्तमानमा भइरहेको मतदाता गहन संसोधन पुनर्निरीक्षण एसआइआरकोे निम्ति खरसाङ नगरपालिका अन्तर्गत पर्ने एकदेखि बीस नम्बर वार्डसम्मकोे सत्ताइसवटा बुथका बीएलएहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभा शहर समितिका अध्यक्ष राजु शर्माको अध्यक्षतामा सम्पन्न भयो। सभाको सञ्चालन टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिनले सञ्चालन गरेका थिए। विगत सभामा अनुपस्थित भएका टाउन कमिटीका नेतृत्वहरुलाई पुनः उनकोे नियुक्ति पत्र पठन गरेर प्रदान गरियो जसमा क्रमशः विभिन्न पदहरुमा रहेको पदाधिकारीहरु र सदस्यहरुलाई पदमा नियुक्त गरिएको जानकारी गराउँदै नियुक्ति पत्र प्रदान गरियो भने सभामा वार्डलाई पनि सांगठनिक रूपमा सुदृढ बनाउनकोे निम्ति रतन शेर्पा, रबि तोलाङ्गी, वार्ड नम्बर दश अनि सुरज वाल्मिकीलाई वार्ड नम्बर एघारकोे खरसाङ शहर समितिको तर्फबाट संयोजक नियुक्त गरिएको जानकारी दिँदै नियुक्ति पत्र प्रदान गरियो। सभामा विगतमा खरसाङ महकुमा शासकद्वारा महकुमा कार्यालयमा सम्पूर्ण राजनैतिक पार्टी लिएर डाकिएको सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट उपस्थित रहेका खरसाङ महकुमा समिति उपाध्यक्ष शंकर राउतले सभामा भएको सम्पूर्ण विषयकाे जानकारी दिँदै एसआइआरमा छोडिएको मतदाताहरूको पुनः निरीक्षणकाे निम्ति खरसाङ महाविद्यालय, महकुमा कार्यालय खरसाङ, नगरपालिका कार्यालय अनि खरसाङ ट्रेजरी कार्यालयमा पुनः क्याम्प लाग्ने जानकारी दिए। सभामा क्रमशः महकुमा नारी शक्तिका अध्यक्षा अनि नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, केन्द्र समिति सदस्य तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन, खरसाङ महकुमा समितिका मूल सचिव प्रणाम रसाइली, खरसाङ टाउन कमिटी नारी शक्तिका अध्यक्षा देवकी प्रधान सुब्बा थिए भने, अन्त्यमा सभाध्यक्ष तथा टाउन कमिटीका अध्यक्ष राजु शर्माले सम्पूर्ण बीएलएलाई जनसाधारणको एसआईआरको काम गर्दा सहयोग गरेको पार्टी पक्षबाट धन्यवाद दिँदै मतदाता सूचीमा छोडिएको मतदाताहरूको नामलाई जोडन हेतु कार्य गरिदिनकाे निम्ति प्रोत्साहित गर्दै तथा भोटर कार्ड अनि त्यसकाे महत्वकोे जानकारीसंगै निर्वाचन आयोगद्वारा जारी गरिएको सूचि प्रदान गर्दै आफ्नो सम्भाभण राखेका थिए।










