खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

Share this news

खरसाङ,  (निसं)ः खरसाङ बजारको कतिपय स्थानमा यस समय तम्बोला अर्थात हाउसीको ठूलो ठूलो पोस्टरहरू देखिएका छन्‌‍। यस पोस्टरमा तम्बोला खेलको निम्ति ठूलो रकममा पुरस्कार राखिएको बताइएको छ। यसरी लाखौँ रुपियाँको प्रलोभन देखाएर टाँसिएका पोस्टहरू देखेर मानिसहरूले विभिन्न प्रतिक्रिया पनि जनाइरहेका छन्‌‍।

कतिपय मानिसहरूले तम्बोला एउटा जुवा रहेकोले यसरी खुल्ला रुपमा पोस्टर टाँस्दै प्रचार गर्दै खेलाउन नसकिने बताएका छन्‌‍। कतिपय मानिसहरूले यसरी ठूलो ठूलो पोस्टर टाँसेर तम्बोला जस्तो खेलको आयोजना गर्नु सही हो भनी प्रश्न गरिरहेका छन्‌‍। पोस्टर देखेर कतिपय मानिसहरूले पहाड़का अधिकतर मानिसहरू मनोरञ्जन र जुवा जस्ता कुरोमा अधिक आकर्षित हुने गरेकाले यसरी धेरै स्थानमा तम्बोला जस्ता कुरोमा लोभिएर टाड़ा-टाड़ासम्म जाने गरेका बताएका छन्‌‍। कतिपय मानिसहरूले तम्बोला एउटा जुवा रहेकोले पुलिस प्रशासनकै अघि यसरी पोस्टर टाँसेर प्रचार गर्दै तम्बोलाको आयोजना गर्न अति चिन्ताजनक विषय रहेको बताएका छन्‌‍। खरसाङका एक व्यवसायीले यसरी तम्बोला जस्तो खेलको खुल्ला प्रचार प्रसार गरेर पोस्टर टाँस्नु अनि आयोजना गर्नु गलत रहेको बताए।

अघिको समयमा खरसाङमा दशैँ-तिहारको समयमा तम्बोला खेलाइन्थ्यो। चाड़-पर्वको समयमा मानिसहरू खुशीयाली मनाउन, मनोरञ्जन गर्नको निम्ति तम्बोला अथवा हाउसी खेल्ने गर्थे। चाड़-पर्वमा कुनै एक स्थानमा 15-20 को संख्यामा भेला भएर तम्बोला खेल्दा मानिसहरूमा असल प्रकारले मनोरञ्जन प्राप्त गर्ने गर्थे र हाउसी खेल्दाको अवधिमा एक-अर्कामा राम्रो सम्बन्धको स्थापना हुने गर्थ्यो। वर्तमानमा पहाड़को कतिपय स्थानमा यसरी भारी रकमको तम्बोलाको आयोजना गरिने गरिएको पाइन्छ।

यसरी भारी रकमको तम्बोला आयोजना गरेर खुल्ला रुपमा पोस्टर टाँस्दै प्रचार प्रसार गर्नु गैरकानुनी हो कानुनी हो त्यो प्रशासनको विषय हो। तथापि कतिपय मानिसहरूले यसरी पोस्टर टाँसेर खुल्ला रुपमा तम्बोला आयोजना गर्नु गैरकानुनी ठहराएका छन्‌‍। पोस्टर पढ़ेर कतिपय मानिसहरूले आयोजक पक्षले लाइसेन्स लिएको हुन सक्ने पनि विचार प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ