सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

Share this news

सोनादा , (निसं): प्रकृति, प्राकृतिक सुन्दरता र पर्यटक एक अर्कासँग सम्बन्धित छ। सृष्टिकर्ताले प्रकृतिको सुन्दरतालाई बेजोड़ बनाउन सिर्जना गरेका वन्य पशु-पंक्षी थप उपलब्धि मान्न सकिन्छ । कहिलेकाहीँ वनजङ्गलमा देखा पर्ने वन्य पशुपंक्षीहरू हाम्रो घर आँगनमा आइपुग्दा वा देखा पर्दा त्यो स्थानीय, पर्यटक मात्र होइन वन्य पशु-पंक्षी सम्बन्धि विशेष जानकार राख्नेहरूको निम्ति विशेष हुनपुग्छ।

ठण्डाको मौसम शुरू हुने बित्तिकै यहाँको लोकप्रिय स्थान सिटोङ तीन अन्तर्गत पर्ने कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा गत केही दिनदेखि अति दुर्लभ प्रजातिका पंक्षी धनेष नियमित आउने गरेकोले अहिले यो बस्ती र क्षेत्र नै पर्यटन स्थलमा परिणत भइसकेका छन्‌‍। स्थानीय कृषक विजय राईले मौसम अनुसारको खेती गर्ने नगरेकोले सही मौसम अनुसार बारीमा फलेको पङ्खाको दाना खान यही दुर्लभ प्रजातिका धनेष चरा नियमित रूपमा आउन थालेका छन्‌‍ ।

गत वर्षसम्म उक्त फल पङ्खा 5 रुपियाँको दरले बिक्री गर्ने गरेको भए पनि यसपटक धनेष चराको आगमनले सो पङ्खाको दाना बिक्री नगर्ने चराचुरुङ्गी संरक्षणक पथप्रदर्शक (बर्ड गाइड) हरूले अनुरोध गरेका छन्‌‍। यस्ता दुर्लभ पंक्षीहरूको प्राकृतिक आहारा जोगाउन सकिए अझ धेरै पंक्षीहरू हामीले देख्न पाउँछैाँं उनीहरू भन्छन्‌‍ । यति मात्र होइन विगतमा विजय राईले उक्त पङ्खाको दाना 5 रुपियाँमा बिक्री गर्ने गरे तापनि हाल उसले बिक्री गरेका छैनन्‌‍ तर दैनिक 20 जना भन्दा बढ़ी बाहिरबाट आउने फोटोग्राफरहरूबाट प्रति फोटोग्राफर 2 सय रुपियाँ लिने गरेकोमा कृषक विजय राई लाभान्वित भएका छन्‌‍।

धनेश चराको आगमनसँगै ग्रामीण पर्यटनको विकास भएको, स्थानीय होमस्टेहरू सञ्चालनमा आएका तथा सवारी चालकदेखि स्थानीय युवासम्मलाई रोजगारीको अवसर सिर्जना भएको उनको भनाइ छ। आज मुम्बई, पुणे, हरियाना तथा बङ्गालका विभिन्न स्थानबाट आएका 20 भन्दा बढ़ी फोटोग्राफरहरूले धनेश चराको तस्विर खिँच्दै यस क्षेत्रको जैविक विविधता र प्राकृतिक सौन्दर्यको प्रशंसा गरेका छन्‌‍।

स्थानीय गाउँवासीको प्रयास र दुर्लभ चरा धनुषको आगमनले मात्र यो क्षेत्र पर्यटनको विकासमा अघि बढ़न सकिन्छ भने पहाड़को प्रशासन ब्यवस्था (जीटीए) र राज्य सरकारको सकारात्मक सोच र पहल भए यो क्षेत्र मात्र होइन अन्य सुन्दर ठाउँहरू पनि पर्यटकीय स्थानमा विकास गर्न सकिन्छ। यसको साथै पहाडको बनजङ्गलको संरक्षणले नै विभिन्न दुर्लभ प्रजातिका पशु पंक्षीहरूको संरक्षण गर्न सकिने बताउँछन्‌‍ ।

Share this news
आजको रोजाइ
गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

आजको रोजाइ