The Siliguri Marathon will be held on January 25, 2026.
The Siliguri Marathon will be held on January 25, 2026.

सिलगढी म्याराथन २०२६ जनवरी २५ मा आयोजना हुने

Share this news

सिलगढी म्याराथन २०२६ आगामी जनवरी २५ तारिखका दिन आयोजना हुने नगरनिगमका मेयर गौतम देबले कार्यक्रमको औपचारिक घोषणा गरे। सिलगढी कलेज र सिलगढी म्याराथन कमिटीको संयुक्त आयोजनामा हुने उक्त म्याराथनसम्बन्धी विवरण बिहीबार सिलगढी कलेजमा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। पत्रकार सम्मेलनमा मेयर देबले घोषणा गरेका थिए। पत्रकार सम्मेलनमा उप–मेयर रञ्जन सरकार, कलेजका प्रतिनिधिहरू तथा म्याराथन कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो। यस वर्षको म्याराथनमा तीनवटा विधा समावेश गरिएको छ— हाफ म्याराथन, ड्रीम रन र स्पेसल चाइल्ड रन।

हाफ म्याराथन २१.१ किलोमिटरको हुनेछ, जसको प्रवेश शुल्क २०० रुपैयाँ तोकिएको छ। यस विधामा १८ वर्ष वा सोभन्दा माथिका पुरुष सहभागी मात्र सहभागी हुन सक्नेछन्। दौड सिलगढी कलेज मैदानबाट सुरु भई भेनस मोड, सेवोक मोड, मल्लागढी मोड, चम्पासारी मोड, चेकपोस्ट, इस्टर्न बाइपास, फुलेश्वरी मोड, अग्रणी संघ, गोपाल मोड हुँदै तराई स्कुल मैदानमा पुगेर सम्पन्न हुनेछ।

        हाफ म्याराथनमा पहिलो स्थान हासिल गर्नेले १ लाख रुपैयाँ, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार, चौथोले १५ हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। छैटौंदेखि दशौं स्थानसम्म रहने सहभागीहरूलाई सान्त्वना पुरस्कारस्वरूप ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

ड्रीम रनमा १२ वर्ष वा सोभन्दा माथिका सहभागीले भाग लिन सक्नेछन्। यसको प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ। दौड सिलगढी कलेजबाट सुरु भई भेनस मोड फ्लाइओभर, एनटीएस मोड, दादाभाई मोड हुँदै तराई स्कुल मैदानमा समाप्त हुनेछ। यस विधामा पाँचवटा नगद पुरस्कार राखिएको छ। त्यसैगरी, स्पेसल चाइल्ड रन सिलगढी कलेज मैदानबाट सुरु भई सोही स्थानमै समापन हुनेछ। यस विधामा सहभागी १० जनालाई नगद पुरस्कार प्रदान गरिनेछ।

आयोजकका अनुसार तीनै विधा समेटेर कुल २ लाख ५० हजार ५०० रुपैयाँ बराबरको नगद पुरस्कार वितरण गरिनेछ। सिलगढी म्याराथन २०२६ को मुख्य उद्देश्य शहरवासीलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु रहेको बताइएको छ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ