संगठनको अनिश्चितकालीन विद्यालय बन्द फिर्ता 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षक काण्ड लिएर संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बिहिबारदेखि पहाडको सम्पूर्ण विद्यालयहरु‌ अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो। यस विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ भनी
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।
संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्,पहाडको शैक्षिक धरातल कमजोर बनाउँदै यसको दायी शिक्षक-शिक्षिकालाई बनाउँने षडयन्त्रको बिरुद्धमा संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै पहाडको सम्पूर्ण विद्यालयहरु‌ अनिश्चितकालीन बन्दको घोषणा गरेको थियो भने आज बिहिबार गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापाले भानु भवन दार्जीलिङको एक सभामा आफू शिक्षक-शिक्षिकाहरुको साथमा रहेको अनि नोकरी बचाउँनको निम्ति जुनै हदसम्म पनि जाने आश्वासन दिँदै विद्यालय बन्दको निर्णयलाई फिर्ता लिने आह्वान गरेपछि संयुक्त माध्यमिक शिक्षक संगठन केन्द्रीय समितिले जीटीए मुख्य कार्यपाल अनित थापाको आह्वानलाई स्वीकार गर्दै विद्यालय बन्दको निर्णयलाई स्थगित गरेको छ।
यो बोर्ड परीक्षाको मुखमा विद्यार्थीहरुको भविष्यलाई मध्यनजर राख्दै एवं जीटीए-का मुख्य कार्यपाल अनित थापाको आश्वासनलाई शिरोपर गर्दै यस निर्णयलाई स्थगित मात्र गरेर आगामी दिनमा पुनः यसलाई निरन्तरता दिन सक्ने  पनि बिज्ञप्तिमा जनाइएको छ। भोलिदेखि विद्यालयको सम्पूर्ण कामकाज सुचारु रुपमा चल्ने संयुक्त माध्यमिक शिक्षक संगठन, केन्द्रीय समिति उप-सभापति विवेक छेत्रीले भनेका छन्।

Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ