शिक्षकहरुको समस्य लिएर आज अनित थापा कलकत्ता प्रस्थान 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): 313 शिक्षकहरूको मुद्दाबारे अनित थापा शुक्रबार कोलकाता प्रस्थान गर्ने भएको कुरा राख्दै भावनाले होइन, बुद्धिले राजनीति गरौं भनी जीटीए (गोर्खाल्याण्ड टेरिटोटियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापाले बताएका छन्। अनित थापाले भनेका छन्, 313 जना शिक्षकहरूको नियुक्ति अवैध ठहरिएको कोलकाता हाई कोर्टको आदेशले स्थानीय क्षेत्रमा चर्को असन्तुष्टि उत्पन्न गरिरहेकै बेला जीटीए प्रमुख अनित थापाले शिक्षकहरूको पक्षमा निर्णायक पहल थालेका छन्। उनले भनेका छन्, भोलि नै कोलकाता जाँदैछु, मैले सरकारसँग छलफल गरिसकेकोछु। यो मुद्दा हामी राजनीतिक र कानुनी दुवै मोर्चामा लड्नेछौं।
थापाले, बिहिबार दार्जीलिङ आयोजित शिक्षक प्रतिनिधिसँगको भेटमा  आन्दोलनरत शिक्षकहरूलाई सम्बोधन गर्दै भने, 313 जनाको यो लडाइँ न्यायको लडाइँ हो। राजनीति गर्नु पर्छ, तर गाँस खाने राजनीति गर्नु हुँदैन। पहाडमा गाँस दिनेभन्दा खोस्ने धेरै छन्।
उनले थपे, तपाईंहरूको लडाइँ म पहिले पनि लडेको हुँ, आज पनि लड्नेछु। कोर्ट र सरकारले आफ्नो काम गरिरहेका छन्, तर यो अवस्था ल्याउनेहरू नै दोषी हुन्। हाम्रो समयमा उठेको समस्या हाम्रो समयमा समाधान हुनेछ। थापाले आन्दोलनरत शिक्षकहरूलाई धैर्य र विवेक कायम राख्न आग्रह गर्दै भने, अब हृदयले होइन, दिमाग लगाएर राजनीति गर्नु पर्छ। पैसा छ भन्दैमा अर्काको गाँस खोस्ने कुरामा पैसा हाल्नु हुँदैन। अन्ततः त्यही पैसाले उसलाई पिरोल्ने छ। जीटीए प्रमुखले 313  शिक्षकहरूको नियुक्ति र वैधानिकताको विषयमा पश्चिम बंगाल सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने तयारी भएको जनाएका छन्। उनले दृढ स्वरमा भने, हाम्रो कानुनी लडाइँ जारी छ। शिक्षकहरू हतास नबन्नुहोस्, कुरा सकिएको छैन, सुरू भएको मात्रै हो।
यसैबीच, आन्दोलनकारी शिक्षकहरूको सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दका क्रममा आगँहको रणनीति तयार पार्दै दार्जिलिङबाट न्यायका लागि पहाड एकजुट अभियान निरन्तरता दिइरहेको जनाएकोछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ