Inauguration of Winter Fair by Bhanu Subba
Inauguration of Winter Fair by Bhanu Subba

शीतकालीन मेलाको समष्टि अध्यक्ष भानु सुब्बाद्वारा उद्घाटन

Share this news

सोरेङ जिल्ला अन्तर्गत सोरेङ च्याखुङ निर्वाचन क्षेत्रको सोरेङ वरिष्ठ माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि एकमहिने शीतकालीन मिनी मेला भव्य रूपमा सुरु भएको छ। उक्त मेला सोरेङका शिक्षित युवाहरूको आयोजनामा तथा क्षेत्रका माननीय विधायक आदित्य गोलेको सहयोगमा आयोजना गरिएको हो। मेलाको औपचारिक उद्घाटन सोरेङ च्याखुङ निर्वाचन क्षेत्रका समष्टि अध्यक्ष भानु सुब्बाले रिबन काटेर गरेका थिए। उद्घाटन कार्यक्रममा सोरेङ च्याखुङका सीएलसी युथ विभिन्न आवद्ध संगठनमा आबद्ध कार्यकर्ताहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

मेलामा बालबालिकाका लागि विशेष आकर्षणका रूपमा रोटेपिङ, नानीहरू खेल्ने कोलम्बो, ताम्बोला लगायत विभिन्न मनोरञ्जनात्मक खेल सामग्रीहरू राखिएका छन्। साथै, विभिन्न जाति र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले जातीय सांस्कृतिक स्टलहरू पनि स्थापना गरिएको छ। प्रमुख अतिथि समष्टि अध्यक्ष भानु सुब्बाले ती जातीय स्टलहरूको अवलोकन गर्दै आयोजकहरूको प्रयासको प्रशंसा गरे। सुब्बाले शिक्षित युवाहरूले उपलब्ध अवसरहरूको सदुपयोग गर्दै रोजगारी सिर्जना र आत्मनिर्भर बन्ने दिशामा गरेको प्रयास अत्यन्तै सराहनीय रहेको बताए।

उनले यस किसिमको पहलले अन्य शिक्षित युवाहरूलाई पनि प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्दै आयोजक युवाहरूलाई हार्दिक वधाइ तथा शुभकामना दिए। एक महिनासम्म सञ्चालन हुने यस शीतकालीन मिनी मेलाले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै युवाहरूको उद्यमशीलता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको आयोजन समितिको पक्षबाट सोरेङ भवानी पोखरेलद्वारा जानकारी दिइएको छ।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ