अप्पर पचेङ ग्राम कल्याण समूहद्वारा अग्नि पीड़ित परिवारलाई सहयोग

Share this news

सोनादा,  (निसं): गत 8 दिसम्बरको दिन सोनादा पचेङ समष्टिको अप्पर पचेङ नन्द गाउँमा राती आगलागी हुँदा एक घर जलेर खरानी भएको थियो। उक्त आगलागीमा दुई तल्ले काठको घर जलेर खरानी बनेको थियो। रातीको 12 बजीको समयमा भएको आगलागीमा अप्पर पचेङ नन्द गाउँ निवासी हर्कबहादुर गुरुङ्को घर जलेर नष्ट भएको थियो। यस आगलागीमा घर जलेर खरानी बनेपछि आगलागीमा जीउमा लगाएको लुगाबाहेक केही पनि निकाल्न नपाएको साथै सबै सर सामानहरु र कागज पत्रहरु पनि जलेर नष्ट भएको थियो।

अप्पर पचेङ्को बाल कल्याण समूहद्वारा हर्कबहादुर गुरुङ्की एघारौँ श्रेणीमा अध्ययनरत्‌‍ नातिनीलाई सहयोग गरेका छन्‌‍। यस क्रममा बाल कल्याण समूहका सभापति अरुण राई,सचिव सुवास राई अनि सदस्यहरूले अग्नी पीड़ित परिवारका नानी दिपशिखा गुरुङलाई होलिक्रस सोनादा अध्ययनरतलाई सहयोग प्रदान गरेका छन्‌‍। बाल कल्याण समूहद्वारा दिपशिखा गुरुङलाई 15 हजारको सहयोग राशि प्रदान गरिएको छ। उक्त आगलागीमा हर्कबहादुर गुरुङ्की एघारौँ श्रेणीमा अध्ययनरत्‌‍ नातिनीको सबै पाठ्य पुस्तकहरु र युनिफर्महरु सबै जलेर खरानी बनेको थियो। त्यसैले सम्पूर्ण बाल कल्याण समूहका सदस्यगण उनको घर पुगेर 15 हजार रुपियाँको सहयोग राशि हस्तान्तरण गरेका छन्‌‍।


Share this news
आजको रोजाइ
फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

फ्रि चर्च आयोजित प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

एसआइआरकोे निम्ति खरसाङ नगरपालिका सबै वार्डको सभा

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

आध्यात्म र अनुशासनबीच उदाएकी अभिनेत्री श्यामाश्री

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

शिक्षकहरूको नियुक्ति खारेज भएको बारेमा सुधन गुरूङको खुलासा

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खुल्ला रुपमा पोस्टर टाँसेर प्रचार गर्दै तम्बोला खेलाउन सही वा गलतः जनसाधरणको प्रश्न

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

खरसङका विद्यालयहरूमा विद्यार्थीहरूको संख्यामा लगतार घट्दो अवस्था

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

अन्तर्राष्ट्रिय सहकारी वर्ष 2025 को राज्यस्तरीय कार्यक्रमको समापन

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

महारानी चियाबारीमा प्रि क्रिसमस साथै सुसमाचारीय कार्यक्रम सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बीएलएहरुलाई लिएर सभा सम्पन्न

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

सिटोङ तीन अन्तर्गत कर्मठ बस्तीका निवासी तथा कृषक विजय राईको बारीमा धनेष नियमित आउने गरेकोले यो बस्ती पर्यटन स्थलमा परिणत

आजको रोजाइ