खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो

Share this news

खरसाङ,  (निसं)ः खम्बु राई कल्याण समिति डुमारामद्वारा उँधौली पर्व साकेला मनाइयो। माथिल्लो डुमाराम बस्तीमा रहेको माङ्खिममा सम्पन्न भएको यो साकेला पर्वको कार्यक्रममा माङ्गपा सहदेव राईले राई विधिमा पूजा-अर्चना गरेका थिए।

समितिका अध्यक्ष मदन राईको अध्यक्षतामा सम्पन्न भएको यो कार्यक्रममा बलराम राईले उँधौलीको विषयमा प्रकाश पारेका थिए। उधौली पर्व विशेष गरेर मौसमको परिवर्तन संगै पहाड़ी क्षेत्रमा चिसो मौसम आरम्भ भएपछि मनाइन्छ। यस मौसममा कृषकहरूले आफ्नो खेतमा पाकेको धान अनि अन्य फसल उठाएर थन्काउने गर्छन्‌‍। राई जातिकाहरूले यसरी आफ्नो खेतमा धान अनि अन्य अन्नबाली राम्रोसित उब्जाइदिएको अनि खेती अनुरुप मौसम बनाइदिएकोमा प्रकृतिको पूजा गर्दै, धन्यवाद दिँदै विभिन्न देव-देवताहरूलाई पुकार्ने गर्छन्‌‍।

बुधवार सम्पन्न भएको यो उँधौली पर्वमा खम्बु राई कल्याण समितिको सुम्निमा समूहद्वारा माङ्तुप्मा सिल्ली अनि चासुम सिल्ली नाच प्रदर्शन गरिएको थियो। माङ्तुप्मा सिल्लीमा भूमि अनि प्रकृतिलाई धन्यवाद ज्ञापन गरियो अनि चासुम सिल्लीमा अन्नबाली रोपनीदेखि फसल काटेसम्मको दर्शन नाचमा झल्काइएको थियो। समितिका सचिव सुदीप राईद्वारा सञ्जालन गरिएको यस कार्यक्रममा डुमाराम, डाउहिल, टेकबीर बस्ती, कटलेरी पाखा, बङ्दील, मन्टभियट अनि अन्य स्थानबाट खम्बु राई कल्याण समितिका एक सय भन्दा बढ़ी सदस्यहरूको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ