साथी अनि फोसेप-द्वारा अपाङ्गता सचेतना कार्यक्रम 

Share this news

दार्जीलिङ,18 दिसम्बर(निसं): अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा साथी कम्युनिटी-बेस्डिन्क्लुसिभ डेभलपमेन्ट ट्रस्ट अनि सोसेप दार्जीलिङको संयुक्त आयोजनामा दार्जीलिङ रेडक्रस भवनमा अपाङ्गता सचेतना कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अपाङ्गता अधिकार, समावेशी विकास, र समाजमा अपाङ्ग व्यक्तिहरूको सम्मानजनक सहभागिताबारे महत्वपूर्ण चर्चा गरिएको थियो।
कार्यक्रमका मुख्य अतिथि फोसेप-का सचिव भरत प्रकाश राई साथै साथी सीबीआईडी ट्र्स्ट-का अध्यक्ष प्रकाश राई उपस्थित थिए, साथै सचिव किरण तामाङ र कोषाध्यक्ष रोशन गुरुङ पनि उपस्थित थिए।
कार्यक्रमको मुख्य सत्र पुनर्स्थापना विशेषज्ञ तथा साथी ट्र्स्ट-का प्रबन्धक न्यासपति पासाङ छिरिङ तामाङले सञ्चालन गरेका थिए। उनले समानता र पहुँचमार्फत समावेशी समाज निर्माण- को महत्व व्याख्या गर्दै अपाङ्गता अधिकार र सम्मानको विषय भएको स्पष्ट पारे।
मुख्य अतिथि भरत प्रकाश राईले पहाडी समाजमा अपाङ्‌गता सम्बन्धी कानुनी अधिकारबारे जागरूकता बढे मात्र सहयोग होइन, समान अवसर र सम्मानको संस्कृति विकास हुने बताए।
यसरी नै ट्र्स्टअध्यक्ष प्रकाश राईले पहाडमा समावेशी सोच, तालिम र सहकार्य सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरे।
कार्यक्रममा विभिन्न संस्था, स्वास्थ्यकर्मी, एनजीओ तथा सामाजिक प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। जसमध्ये प्रताप थापा (एनजीओ), पूर्णिमा लामा, प‌द्मा राई, नीलम सार्की, आकाश राई, साङ्गे लामा, संजय दर्नाल, ऋषभ छेत्री, मिड्‌मा शेर्पा, राजेन्द्र राई (फोसेप), डकटर सुदर्शनी मोक्तान, रश्मी भारती , तथा निरा सुब्बा (जिल्ला पुस्तकालय) प्रमुख रूपमा सहभागी थिए।
कार्यक्रममा अभिभावक तथा अपङ्ग व्यक्तिहरूको अनुभवले कार्यक्रमलाई थप प्रेरणादायी बनाएको थियो।
कार्यक्रम धन्यवाद ज्ञापन सहित सम्पन्न भयो, र साथी ट्र्स्ट अनि फोसेप आगामी दिनमा बाधारहित, समावेशी र सशक्त समाज निर्माणका लागि एक भएर निरन्तर कार्य गर्दै जाने प्रतिबद्धता व्यक्त व्यक्त गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ