Even if beaten, killed, freedom and Gorkhaland
Even if beaten, killed, freedom and Gorkhaland

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

Share this news

इन्टेकमा उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुने इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। उनले आफूहरूलाई कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट नहट्ने पनि दावि गरेका छन्। उनले बताए अनुसार उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुनेछ इन्टेकको खोलामाथि पुलको निर्माण कार्य चल्दै आएको छ। आज उनले इन्टेक वरिपरि क्षेत्रका समाजका नेतृत्वहरू संग बैठक गरे। पुलको निर्माण कार्यको क्रममा आफूमाथि धेरै दबावहरू भयो। आजको बैठकमा तीन चारवटा समाजका नेतृत्वहरूको उपस्थिति रहेको थियो। यो पुलको निर्माण कार्य अबको दुई महिनाभित्रमा पूरा हुनेछ अनि पुलको नाम उन्मुक्ति हो।उन्मुक्ति भनेको भष्ट्राचारबाट उन्मुक्ति, गरीबीबाट उन्मुक्ति, पलायन, बेरोजगारबाट उन्मुक्ति, बंगाल सरकारको दबावबाट उन्मुक्ति, केन्द्र सरकारको झूठो आश्वसनबाट उन्मुक्ति होस् भन्ने आइजीजेएफको चाहना रहेको बताए। आइजीजेएफले सोच विचार गरेर गोर्खाल्याण्ड पुलको निर्माण गरेका हो, तर निर्माण कार्यमा आफूहरूमाथि धेरै दबावहरू आएको थियो। यो इन्टेकको उन्मुक्ति पुलको निर्माण कार्यहरूमा पनि धेरै दबावहरू आइरहेको एडवर्डसले बताए। पञ्चायत सदस्यहरूदेखि लिएर सभासदहरूसम्म आएर पुलको निर्माण कार्य रोक्ने धम्की समेत दिएका छन्। उन्मुक्ति पुलको निर्माण कार्य 70 प्रतिशत पूरा भइसकेको छ। दुइ महिनाभित्रमा पुलको निर्माण कार्य पूरा हुनेछ। दोकान बन्द गर, जेल हाल, कुट, मार, धम्की देऊ तर उन्मुक्ति र गोर्खाल्याण्ड आफूहरूबाट कहिले ननिस्कने अजय एडवर्डसले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ