Even if beaten, killed, freedom and Gorkhaland

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

Share this news

इन्टेकमा उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुने इण्डियन गोर्खा जन शक्ति फ्रण्टका केन्द्रीय संयोजक अजय एडवर्डसले बताएका छन्। उनले आफूहरूलाई कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट नहट्ने पनि दावि गरेका छन्। उनले बताए अनुसार उन्मुक्ति पुलको निर्माण कार्य दुई महिनाभित्र पूरा हुनेछ इन्टेकको खोलामाथि पुलको निर्माण कार्य चल्दै आएको छ। आज उनले इन्टेक वरिपरि क्षेत्रका समाजका नेतृत्वहरू संग बैठक गरे। पुलको निर्माण कार्यको क्रममा आफूमाथि धेरै दबावहरू भयो। आजको बैठकमा तीन चारवटा समाजका नेतृत्वहरूको उपस्थिति रहेको थियो। यो पुलको निर्माण कार्य अबको दुई महिनाभित्रमा पूरा हुनेछ अनि पुलको नाम उन्मुक्ति हो।उन्मुक्ति भनेको भष्ट्राचारबाट उन्मुक्ति, गरीबीबाट उन्मुक्ति, पलायन, बेरोजगारबाट उन्मुक्ति, बंगाल सरकारको दबावबाट उन्मुक्ति, केन्द्र सरकारको झूठो आश्वसनबाट उन्मुक्ति होस् भन्ने आइजीजेएफको चाहना रहेको बताए। आइजीजेएफले सोच विचार गरेर गोर्खाल्याण्ड पुलको निर्माण गरेका हो, तर निर्माण कार्यमा आफूहरूमाथि धेरै दबावहरू आएको थियो। यो इन्टेकको उन्मुक्ति पुलको निर्माण कार्यहरूमा पनि धेरै दबावहरू आइरहेको एडवर्डसले बताए। पञ्चायत सदस्यहरूदेखि लिएर सभासदहरूसम्म आएर पुलको निर्माण कार्य रोक्ने धम्की समेत दिएका छन्। उन्मुक्ति पुलको निर्माण कार्य 70 प्रतिशत पूरा भइसकेको छ। दुइ महिनाभित्रमा पुलको निर्माण कार्य पूरा हुनेछ। दोकान बन्द गर, जेल हाल, कुट, मार, धम्की देऊ तर उन्मुक्ति र गोर्खाल्याण्ड आफूहरूबाट कहिले ननिस्कने अजय एडवर्डसले बताए।


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ