IPL Auction 2026: Cameron Green becomes the most expensive player

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

Share this news

आइपीएल अक्सन २०२६ हाइलाइट्स हेरने हो भने क्यामरुन ग्रिन महँगो विदेशी खेलाडी बनेका छन्, सीएसकेका दुइ अनक्याप्ड खेलाडीले सबैलाई चकित पारेका छन्।
आइपीएल २०२६ को अक्सन सम्पन्न भएको छ। अक्सनमा सहभागी १० टोलीले जम्मा ७७ खेलाडी खरिद गर्न २१५.४५ करोड रुपैयाँ खर्च गरेका छन्, जसमा २९ विदेशी खेलाडी रहेका छन्। यस अक्सनमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रिन सबैभन्दा चर्चामा रहे।
कोलकाता नाइट राइडर्स (केकेआर) ले ग्रिनलाई २५.२० करोड रुपैयाँमा भित्र्याउँदै आइपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनायो। यो रकम कुनै पनि फ्रेन्चाइज लिगमा विदेशी खेलाडीका लागि लागेको विश्व रेकर्ड बोली पनि हो। केकेआर र चेन्नई सुपर किङ्स (सीएसके) बीच कडा बोलीयुद्ध चलेको थियो। ग्रिनले यसअघि मिचेल स्टार्कले बनाएको २४.७५ करोडको रेकर्ड तोडेका छन्। तर अक्सनको सबैभन्दा चकित पार्ने निर्णय सीएसकेको रह्यो। सीएसकेले अनक्याप्ड खेलाडी प्रशान्त वीर अनि कार्तिक शर्मालाई १४.२० करोड रुपैयाँमा खरिद गर्दै आइपीएल इतिहासमै अनक्याप्ड खेलाडीका लागि सबैभन्दा ठूलो रकम खर्च गर्‍यो।
अन्य उल्लेखनीय खरिदहरूमा काश्मिरका आकिब दार (दिल्ली क्यापिटल्स – ८.४० करोड), मंगेश यादव (आरसीबी – ५.२० करोड) रहेका छन्। त्यस्तै मथीशा पाथिराना (केकेआर – १८ करोड), लियम लिभिङस्टोन (एसआरएच – १३ करोड), मुस्ताफिजुर रहमान (केकेआर – ९.२० करोड), जोश इङ्ग्लिस (एलएसजी – ८.६० करोड), रवि बिश्नोई (आरआर – ७.२० करोड) र भेन्कटेश अय्यर (आरसीबी – ७ करोड) पनि अक्सनका ठूला नाम बने।
आइपीएल २०२६ को अक्सनले नयाँ रेकर्ड, साहसी निर्णय र अनक्याप्ड प्रतिभामाथिको विश्वासलाई स्पष्ट रूपमा देखाएको छ।


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ