IPL Auction 2026: Cameron Green becomes the most expensive player
IPL Auction 2026: Cameron Green becomes the most expensive player

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

Share this news

आइपीएल अक्सन २०२६ हाइलाइट्स हेरने हो भने क्यामरुन ग्रिन महँगो विदेशी खेलाडी बनेका छन्, सीएसकेका दुइ अनक्याप्ड खेलाडीले सबैलाई चकित पारेका छन्।
आइपीएल २०२६ को अक्सन सम्पन्न भएको छ। अक्सनमा सहभागी १० टोलीले जम्मा ७७ खेलाडी खरिद गर्न २१५.४५ करोड रुपैयाँ खर्च गरेका छन्, जसमा २९ विदेशी खेलाडी रहेका छन्। यस अक्सनमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रिन सबैभन्दा चर्चामा रहे।
कोलकाता नाइट राइडर्स (केकेआर) ले ग्रिनलाई २५.२० करोड रुपैयाँमा भित्र्याउँदै आइपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनायो। यो रकम कुनै पनि फ्रेन्चाइज लिगमा विदेशी खेलाडीका लागि लागेको विश्व रेकर्ड बोली पनि हो। केकेआर र चेन्नई सुपर किङ्स (सीएसके) बीच कडा बोलीयुद्ध चलेको थियो। ग्रिनले यसअघि मिचेल स्टार्कले बनाएको २४.७५ करोडको रेकर्ड तोडेका छन्। तर अक्सनको सबैभन्दा चकित पार्ने निर्णय सीएसकेको रह्यो। सीएसकेले अनक्याप्ड खेलाडी प्रशान्त वीर अनि कार्तिक शर्मालाई १४.२० करोड रुपैयाँमा खरिद गर्दै आइपीएल इतिहासमै अनक्याप्ड खेलाडीका लागि सबैभन्दा ठूलो रकम खर्च गर्‍यो।
अन्य उल्लेखनीय खरिदहरूमा काश्मिरका आकिब दार (दिल्ली क्यापिटल्स – ८.४० करोड), मंगेश यादव (आरसीबी – ५.२० करोड) रहेका छन्। त्यस्तै मथीशा पाथिराना (केकेआर – १८ करोड), लियम लिभिङस्टोन (एसआरएच – १३ करोड), मुस्ताफिजुर रहमान (केकेआर – ९.२० करोड), जोश इङ्ग्लिस (एलएसजी – ८.६० करोड), रवि बिश्नोई (आरआर – ७.२० करोड) र भेन्कटेश अय्यर (आरसीबी – ७ करोड) पनि अक्सनका ठूला नाम बने।
आइपीएल २०२६ को अक्सनले नयाँ रेकर्ड, साहसी निर्णय र अनक्याप्ड प्रतिभामाथिको विश्वासलाई स्पष्ट रूपमा देखाएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ