तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्नाको निधन

Share this news

तीनधारे, (निसं): तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलाल चन्द्र मन्ना (मन्ना सर) को निधन भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको कोलकोताको बेहालास्थित निजी बासस्थानमा सोमवार 67 वर्षको उमेरमा निधन भएको जानकारी प्राप्त भएको छ। उनले तीनधारे हाई स्कूलमा 1984 सालदेखि शारीरिक शिक्षा विषयमा शिक्षकको रूपमा कार्य शुरु गरेका थिए। उनी 2013 देखि 2018 सम्म यस विद्यालयमा शिक्षक प्रभारीको रुपमा कार्य गरेर 2018 सालमा अवकाशप्राप्त भएका थिए। उनको केही दिन अघि ह्रदयघातको कारणले उपचार चलिरहेको र सोमवार निधन भएको जानकारी प्राप्त भएको छ। तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रधान अध्यापिका रञ्जना प्रधानले पूर्व शिक्षक प्रभारी दुलालचन्द्र मन्नाको निधनमा श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारमा गहिरो शोक समवेदना प्रकट गरेकी छन्‌‍। उनले दुलालचन्द्र मन्नाको निधनले तीनधारे क्षेत्रका शिक्षा क्षेत्रमा ठूलो क्षति भएको र विद्यालय परिवार शोकित बनेको बताएकी छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड