खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो

Share this news

खरसाङ, (निसं): खरसाङ शहरी क्षेत्रमा पानीको पाइपको उचित व्यस्थापन गर्न पर्ने आवश्यकता टट्कारो देखिएको छ। नगरपालिकाले बिछ्याएको पानीको पाइप अनि त्यो भन्दा बढ़ी नगरवासीले आफ्नो घरमा लगेका पानीको पाइपको कारण विभिन्न प्रकारको समस्या उत्पन्न हुने गरेको छ। यस्ता पानीका पाइप नालीमाथि, झोड़ाबाट, कलभर्ट मुनिबाट लगिएकोले वर्षाकालको समयमा पाइपको कारण नाली, झोड़ा, कलभर्ट थुनिएर खरसाङ्मा समस्या उत्पन्न हुने गरेको छ।

अघिको समयमा नालीबाट लगिएका पानीको पाइपहरूको कारण खरसाङ शहरको अधिकतर नाली थुनिएर बन्द रहेको अथवा नालीको अस्तित्व हराएको अस्था थियो भने खरसाङ महकुमा प्रशासन अनि नगरपालिकाले शहरका नालीहरू खोल्ने, नालीमाथिबाट लगिएका पानीका पाइपहरू उचाल्ने, निस्क्रिय पाइपहरू हटाउने कार्य गरेपछि यस वर्षको वर्षाकालमा वर्षाको भल नालीमा राम्रोसित बग्न सकेको थियो। यसरी शहरी क्षेत्रका नालीहरू खोलेर नालीमाथिबाट लगिएका पानीका पाइपहरू उचालिए तापनि धेरै संख्यामा रहेका ती पाइपहरूलाई व्यस्थित गर्न अझ बाँकी रहेको भान हुन्छ। नालीमाथिबाट लगिएका पानीको पाइपको बिटाको कारण आगामी समयमा शहरका नालीहरू पुनः थुनिने, बन्द हुने, पुरिने समस्या उत्पन्न हुने देखिएको छ।

यसरी लगिएको पाइपको बिटाको कारण कतिपय मानिसहरूलाई हिँड़नलाई समस्या भइरहेको समेत गुनासो छ। तथापि नगरवासीलाई आवश्यक पानी प्राप्त गर्नको निम्ति पाइप बिछ्याउन पनि आवश्यक नै रहेको छ। यस्तो अवस्थामा पानीका सब रिजर्भ ट्याङ्कीहरू ठाउँ-ठाउँमा निर्माण गरेर, ठूलो पाइपमा पानी लगेर विभिन्न स्थानबाट मुरली बनाएर नगरवासीको घरमा पानी आपूर्ति गर्न सकिएको खण्डमा यसरी लामो दुरीबाट पाइप बिछ्याएर पानी ल्याउन पर्ने बाध्यता कम हुने कतिपय मानिसहरू सुझाउ दिन्छन्‌‍। यसो गर्न सकिएको खण्डमा शहरको विभिन्न नाली, झोड़ा, कलभर्टबाट लगिएका पानीको पाइपको बिटा कम हुने, नाली, झोड़ा, कलभर्टबाट लगाइका पानीको पाइप कम भएको खण्डमा नाली, झोड़ा कलभर्ट थुनिने अथवा पुरिने समस्या कम भएर जाने कतिपय मानिसहरूको मत छ।


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ