इच्छा शक्ति र मनोबल ठूलो भएमा शारीरिक असक्षमताले पनि छेक्न सक्दैन भन्ने उदाहरण बने जोन शेर्पा

Share this news

तीनधारे, (निसं)ः इच्छा शक्ति र मनोबल ठूलो भएमा शारीरिक असक्षमताले पनि छेक्नु सक्दैन अनि केही गर्छु भन्ने युवाहरुका लागि उदाहरण बनेका छन्‌‍ तीनधारेको कोल्टे गोलाई निवासी जोना शेर्पा। तीनधारे चियाबारी अन्तर्गत कोल्टे गोलाई निवासी पिता फुर्बा शेर्पा र माता अनु शेर्पाको सुपुत्र जोना शेर्पा आफु शारीरिक रुपमा कमजोर रहेर पनि इच्छा शक्ति र ठूलो मनोबलको कारणले तीनधारेको समाजसेवी सतीस राईको सहयोगमा केही गर्नलाई उनको नयाँ दोकान उदघाटन गरिएको छ। जोना शेर्पाले गाउँमा नानीहरु र जनसाधारणको लागि भनेर स्टेशनरी, प्रिन्टर र जेरक्स कपि गर्नलाई दोकान सञ्चालन गर्नलाई उदघाटन गरिएको छ। उनको उक्त दोकानको उदघाटन केरिङ हेण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राई, समाजसेवी सतीस राई, जोना शेर्पा आदिले रिबन काटेर उदघाटन गरेका छन्। केही समय अघि शारीरिक रुपमा असक्षम रहे पनि जोना शेर्पाले केही गर्छु भनेर समाजसेवी सतीस राईलाई सहयोग मागेका थिए भने उनले पनि जोना शेर्पालाई सहयोग गरिदिने सबैमा अपिल गरेका थिए। यसैकै आधारमा जोना शेर्पालाई सबैले सहयोग गरेपछि उनको दोकान उदघाटन गरिएको छ। यसै कार्यक्रममा जोना शेर्पालाई विभिन्न तहबाट सहयोग गर्नेहरुलाई सम्मान जनाइएको छ। यस क्रममा केरिङ हेण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राई, पत्रकार हनोक थापालाई खदार्पणसहित सम्मान पत्रद्वारा सम्मान जनाइएको छ। त्यसरी नै बिक्की पाख्रिन, इजाक सार्कीलाई पनि सम्मान जनाइएको छ। यसावधि चुनभट्टी निवासी रबीन तामाङले जोना शेर्पालाई केही आर्थिक सहयोग पनि गरेका थिए। जोना शेर्पाको मनोबल बढाउन र सहयोग गर्न हेतु केरिङ हेण्ड एनजीओका संस्थापक शिशिर बान्तावा राईले उनलाई एउटा कम्प्युटर प्रदान गर्ने पनि वचन दिएका छन्‌‍। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै समाजसेवी सतीस राईलाई जोना शेर्पालाई सबैले सहयोग गरेपछि उनको आफ्नै दोकान खोल्न सकिएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ