HHTDCSS to identify office bearers

स्थापना दिवसमा एचएचटीडीसीएसएसले पदाधिकारीहरू चिनाउने

Share this news

इण्डियन गोर्खा जन शक्ति फ्रण्टको हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघका केन्द्रीय संयोजक अनिल राणाले बंगाल चुनाव अघि नै मिनिमम वेजेस र जमीनको पर्चा पट्टा वितरण गर्न पर्ने माग गरेका छन्। उनले, हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पदाधिकारीहरूको घोषणा पार्टीको स्थापना दिवसको मञ्चबाट गर्ने पनि बताए। इण्डियन गोर्खा जन शक्ति फ्रण्टले 22 दिसम्बर 2025 को दिन आफ्नो दोस्रो स्थापना दिवस पार्टी केन्द्रीय कार्यालय पी कोठीमा सम्पन्न गर्ने आयोजना बनाएको राणाले बताए। आयोजित स्थापना दिवस समारोहमा पार्टी केन्द्रीय समितिसंग संगै हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पदाधिकारीहरूको नाम पनि सर्वजनिक गर्ने बताए। पार्टी केन्द्रीय कार्यालयमा मङ्गलबार हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको सभा सम्पन्न भएको थियो। आयोजित सभामा भातृ संगठनको समिति पुनर्गठन भएको थिएन, त्यसकारण यो सभामा दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ सबै क्षेत्रका नेतृत्वहरू मिलाएर हामीले हाम्रो हिल तराई डुवर्स चिया श्रमिक संघको पूर्ण समितिको गठन गरेको राणाले जनाए। आगमी 22 दिसम्बर 2025 को दिन पार्टीको स्थापना दिवसको अवसरमा नेतृत्वहरूसंग संगै केन्द्रीय समिति सदस्याहरूको नाम सार्वजनिक गर्ने उनले बताए। उक्त सभामा पूर्ण समिति गठनसंग संगै केन्द्र सरकारले जारी गरेको लेबर कोर्टको विषयमाथि पनि गहन चर्चा भएको थियो। सरकारले जारी गरेको लेबर कोर्ट कानूनले श्रमिक संगठनहरूसंग संगै श्रमिकहरूको लागि पनि घातक रहेको स्पष्ट देखा पर्दैछ। यस विषयमाथि पार्टी लगायत श्रमिक संगठनहरू बसेर चर्चा गरेर भावी कार्य योजनाहरू तयार गर्न अति नै जरूरी छ। आइजीजेएफको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स श्रमिक संघले चिया बगानहरूमा मिनिमम वेजेस र चिया श्रमिकहरूको घर घरेडीको हक र अधिकारको विषयमा काम गर्ने छ, साथै पश्चिम बंगाल विधानसभा चुनाव अघि नै मिनिमम वेजेस लागु गरिनु पर्ने साथै श्रमिक हरूको घर घरेडीको मालिकाना हक र अधिकारको पक्षमा सडकमा ओर्लिने उक्त सभामा निर्णय लिइएको एचएचटीडीसीएसएसका केन्द्रीय संयोजक अनिल राणाले जानकारी दिएका छन्।


Share this news
आजको रोजाइ
पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

पहाड़का सम्पूर्ण विद्यालयहरू अनिश्चितकालीन रूपमा बन्द हुने

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

प्रशान्त महासागरमा अमेरिकी सेनाको आक्रमण, आठ जनाको मृत्यु

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

फिल्म ‘धुरन्धर’ ले भारत र पाकिस्तान दुवै देशमा प्रशंसा र विवाद

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

कुटे, मारे पनि उन्मुक्ति अनि गोर्खाल्याण्ड हाम्रो हृदयबाट हट्नेछैन

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

आइपीएल अक्सन २०२६ः क्यामरुन ग्रिन बने महँगो खेलाडी

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

सांसद बिस्टले संसदमा उठाए पहाड, तराई र डुवर्सका समस्याहरू

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

साओ पाउलोमा आएको भीषण तूफानले ठूलो रुपमा पुर्‍यायो क्षति

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

  ग्रामीण भेकमा महिलाहरूको स्वास्थ्य: सचेतना बढ़ाउन आवश्यक

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

भविष्यका बोटानिकल चित्रकारहरू तयार गर्दै हेमलता

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

सुपर कार ड्राइभः राष्ट्रिय गर्व र सैन्य इतिहासको सफल संयोजन

आजको रोजाइ