प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

Share this news

प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाटशालाकाे मिरिककाे 21 ओै स्थपना दिवस विविध कार्यक्रमकाे साथमा पालन गरियाे। अर्पणा पाख्रिनकाे संचालनमा पालन गरिएकाे कार्यक्रममा प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला उत्तर बंगालका मुख्य संचालिका केशरी दिदी, मिरिक प्रभारी पूर्णिमा दिदी, सिलगढी बर्धमान राेड प्रभारी मुन दिदी, बालुरघाट प्रभारी पुनम दिदी, मिरिककी विमला दिदी, मेनुका दिदी,आइ लभ मिरिकका प्रमुख आशिष् तामाङलगायत प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालाका धेरै अनुयायीहरूकाे उपस्थिति थियाे। कार्यक्रमकाे पहिलाे चरणमा मिरिक फुलबारी मैदान परिसरमा नशामुक्त अभियान अन्तर्गत नशालु पदार्थ सेवनले हुने हानिहरूबारे विस्तृत सचेतना गराउने कार्यक्रम गरियाे। यस अवसरमा ड्रग्स, रक्सी, चुराेट आदिकाे सेवनले मानव शरीर अनि समाजलाई गर्ने हानीबारे नाटककाे माध्यमबाट सचेतना गरियाे। समाजमा शान्ति अनि मानव जीवनलाई सुन्दर बनाउने आध्यात्मिक प्रवचन पनि कार्यक्रममा प्रस्तुत गरियाे भने आध्यात्मिक गीत अनि नृत्यहरू पनि प्रस्तुत गरियाे। कार्यक्रममा बाेल्दै प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला उत्तर बंगालका प्रभारी केशरी दिदीले मानवले मानव शरीरलाई हानी पुर्याउने नशाकाे सेवन हाेइन, मानव जीवनलाई सुन्दर बनाउने ईश्वरकाे नशा गर्ने आदत गराउनुपर्छ भनिन्। तिनले नशा गर्नु राम्राे हाेइन भन्दै नशाले विनाश गर्छ, यसैकारण सबैले नशा छाेडर सुन्दर भविष्य, सुन्दर समाज अनि सुन्दर देश निर्माणमा लाग्नपर्छ। आध्यात्मिक ज्ञानमा डुब्नपर्छ भनिन्। तिनले प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालाले दिने आध्यात्मिक ज्ञान अनि मेडिटेसनबारे पनि विस्तृत जानकारी गराइन्। मिरिक प्रभारी पूर्णिमा दिदी, सिलगढी बर्धमान राेड प्रभारी मुन दिदी, बालुरघाट प्रभारी पुनम दिदी, मिरिककी विमला दिदी, मेनुका दिदीले पनि सम्बाेधन गरिन् भने आइ लभ मिरिकका प्रमुख आशिष तामाङले प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले 21 ओै स्थपना दिवसकाे दिन नशामुक्त अभियान कार्यक्रम गरेर युवा पिढीमा सकरात्मक संन्देश प्रवाह गरेकाे जानकारी गराउँदै उक्त कार्यक्रम आयाेजनाकाे लागि प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयप्रति आभार प्रकट गर्दछु भने। यसअघि प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशाला, मिरिककाे 21 ओैं स्थापना दिवसकाे अवसरमा केक काटियाे भने शिव बाबाकाे स्तुति पनि गाइयाे। साेही अवसरमा युवाहरूलाई नशा मुक्त बनाउन प्रजापति ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बीके पाठशालामा नशा मुक्ति केन्द्रकाे पनि उद्धघाटन गरियाे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ