Impact of Cyclone ‘Ditwa’ Eases, Schools Reopen
Impact of Cyclone ‘Ditwa’ Eases, Schools Reopen

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

Share this news

विनाशकारी चक्रवात ‘दितवा’ का कारण अस्थायी रूपमा बन्द भएका श्रीलङ्काका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः सञ्चालनमा आएका छन्। शिक्षा मन्त्रालयका सचिव नालाका कालुवेवाका अनुसार चक्रवातबाट प्रभावित कुल १० हजार ७६ विद्यालयमध्ये ९ हजार ९२९ विद्यालयमा पठन-पाठन पुनः सुरु भइसकेको छ। उनका अनुसार सबैभन्दा बढी असर परेका उवा, मध्य तथा उत्तर-पश्चिमी प्रान्तका १ सय ४७ विद्यालय भने अझै सञ्चालनमा आउन बाँकी छन्। क्षतिग्रस्त पूर्वाधारको मर्मत र सरसफाइ कार्य जारी रहेकाले ती विद्यालय ढिलो खुल्ने जनाइएको छ।

यसैबीच, विद्यार्थीहरूको पठन-पाठनमा अवरोध नआओस् भन्ने उद्देश्यले श्रीलङ्का यातायात बोर्ड र श्रीलङ्का रेलवे विभागले चालु शैक्षिक सत्रभर निःशुल्क यातायात सेवा उपलब्ध गराउने घोषणा गरेका छन्। परीक्षा तालिकामा समेत आवश्यक समायोजन गरिएको छ। श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्रका अनुसार ‘दितवा’ चक्रवातले निम्त्याएको बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ६ सय ३० जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ सय १० जना अझै बेपत्ता छन्।

चक्रवातबाट ६ देखि ७ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ। इसेन्सियल सर्भिसेजका नवनियुक्त कमिश्नर जनरल प्रवात चन्द्रकेर्थीका अनुसार क्षतिको विस्तृत मूल्याङ्कन अझै जारी छ।

संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) ले स्याटेलाइट तस्बिरको आधारमा गरेको विश्लेषणमा करिब १.१ मिलियन हेक्टर जमिन डुबानमा परेको देखिएको छ, जुन श्रीलङ्काको कुल भूभागको करिब २० प्रतिशत हो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ