State level Chasok Tongnam Festival
State level Chasok Tongnam Festival

राज्यस्तरीय चासोक तोङ्गनाम पर्व सरम्सा उद्यानमा आयोजित

Share this news

चासोक तोङ्गनाम पर्व आयोजक समितिद्वारा सरम्सा उद्यान, रानीपूलमा आयोजित राज्यस्तरीय चासोक तोङ्गनाम पर्व २०२५ समारोह भव्य रूपमा सम्पन्न भयो। यस समारोहमा मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए भने उनकी धर्मपत्नी श्रीमती कृष्णा राई विशेष अतिथिका रूपमा उपस्थित थिइन्। सभालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले उपस्थित सबैलाई चासोक तोङ्गनाम पर्व २०२५ को शुभकामना व्यक्त गरे। उनले राज्यका सबै समुदायका पर्वहरूलाई राज्यस्तरमा मनाइँदै आइरहेको उल्लेख गर्दै यस प्रकारको कार्यक्रमले राज्यको विविध सांस्कृतिक परम्पराको सम्मान र पहिचानलाई बलियो बनाउने बताए। यस्ता पहलहरूले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक धरोहर बुझ्न, यसको सम्मान अनि संरक्षण गर्न प्रेरित गर्ने पनि उनले बताए।
मुख्यमन्त्रीले चासोक तोङ्गनाम केवल एउटा पर्व मात्र नभई कृतज्ञताको उत्सव भएको बताए। उनले लिम्बू विद्वान तथा सांस्कृतिक सुधारक महात्मा सिरिजुङ्गा तेयोङ्ग्सीको योगदानको चर्चा गर्दै सिरिजङ्गा लिपिको पुनरुत्थान र प्रवर्द्धनमार्फत लिम्बू भाषा तथा सांस्कृतिक पहिचानलाई सुदृढ बनाएको उल्लेख गरे। लिम्बू समुदायले आफ्नो भाषा, साहित्य र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान पुर्‍याएकोमा प्रशंसा गर्दै दैनिक जीवनमा मातृभाषाको प्रयोग गर्न सबै समुदायलाई आग्रह गरे। भाषा संरक्षण नै सांस्कृतिक पहिचानको संरक्षणको मूल आधार भएको पनि उनले बताए। मुख्यमन्त्रीले सरकारद्वारा १२ वटा छुटेका समुदायलाई जनजातिको दर्जामा समावेश गर्नका निम्ति गरिरहेको प्रयासबारे जानकारी गराउँदै, सन् १९८१ मा सिक्किमका विद्यालयहरूमा कक्षा स्तरमा सीबीएसई पाठ्यक्रमअन्तर्गत लिम्बू भाषालाई पनि मुख्य विषयका रूपमा समावेश गरिएको उपलब्धिलाई महत्वपूर्ण उपलब्धि भएको बताए। उनले राज्य सरकारले हरेक बिहीबार सरकारी कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउन अनिवार्य गरेको “परम्परागत पोशाक कार्यदिवस” पहलको उल्लेख गर्दै यसले सांस्कृतिक, जातीय विविधता तथा परम्परागत धरोहरको संरक्षणलाई प्रवर्द्धन गर्ने बताए।
मुख्यमन्त्रीले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा दिगो विकासका क्षेत्रमा राज्य सरकारले सञ्चालन गरिरहेका विभिन्न योजनाहरूको बारेमा पनि उपस्थित सबैलाई अवगत गराए।
यस अवसरमा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सबैलाई शुभकामना व्यक्त गर्दै चासोक तोङ्गनामलाई डिसेम्बर १५ मा राज्यस्तरीय विदा घोषणा गरेकोमा राज्य सरकारप्रति आभार व्यक्त गरे। उनले यसप्रकारका पर्वहरूले समुदायबीच एकता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले सम्बन्धित संघसंस्थामार्फत लिम्बू समुदायका केही मागहरू सरकारसमक्ष प्रस्तुत गरेका थिए।
त्यसैगरी, सिक्किम विश्वविद्यालयका सहप्राध्यापक बल मुरिङ्लाले चासोक तोङ्गनाम पर्वबारे संक्षिप्त जानकारी दिँदै यो पर्व लिम्बू समुदायले पहिलो बाली आफ्नी आरध्यदेवी युमा सम्माङ तथा अन्य देवीदेवताहरूलाई अर्पण गर्ने अवसर भएको बताए। उनका अनुसार यस पवित्र अवसरमा मानव कल्याण, प्रशस्त बाली र सुख–समृद्धिका लागि प्रार्थना गरिने अनि चासोक तोङ्गनामले लिम्बू समुदायलाई एकताबद्ध गर्दै सामाजिक सम्बन्ध मजबुत बनाउने र सामूहिक पहिचानलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
यसै कार्यक्रममा (सीएमडीजी) अन्तर्गत चेक वितरण गरिनुका साथै सिरधापे यालाक, हाक्पारे साम्लो (लोकसंगीत), यालाङ (धान नाच) र तमोकाय (खेती नाच) जस्ता परम्परागत सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। यसअघि अतिथिहरूको आगमन पश्चात् सुरू भएको कार्यक्रममा मुख्य अतिथिलाई परम्परागत सम्मानसहित स्वागत गरियो। माङ्खिममा माङ्सेवा लगायतका धार्मिक विधिहरू सम्पन्न गरियो। साथै, विशिष्ट अतिथिहरूले लिम्बु परम्परागत घर तथा या थम्मा तेनको अवलोकन गर्दै लिम्बू समुदायको समृद्ध सांस्कृतिक विरासतलाई नजिकबाट अवलोकन गरे।
कार्यक्रममा सिक्किम सरकारका मन्त्रीगण लोकसभा सांसद, विधायकगण, सल्लाकारगण, जिल्ला अध्यक्ष तथा उपाध्यक्षहरू, मुख्यमन्त्रीका राजनीतिक सचिव, अध्यक्षगण, विभागीय प्रमुखहरू, ओएसडी, विभिन्न लाइन विभागका विशिष्ट व्यक्तित्वहरू तथा आयोजक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो।


Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ