वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा

Share this news

खरसाङ, (निसं): खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 6 मा अमरूत 2.0 पानीको परियोजना विषय लिएर सभा सम्पन्न गरियो। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा वार्ड नम्बर 6 को सभापति कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न सभामा वार्डका मूल सचिव (टाउन कमिटी उपाध्यक्ष) सजय मुखियाले सञ्चालन गरेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापाको परामर्श र दिशा निर्देश अनुसार प्रत्येक वार्डमा अमरूत 2.0 पिउने पानीको परियोजनालाई नियमबध्द रूपमा परिचालन गर्न “पानी निरीक्षण समिति“ गठन गर्न सभा सम्पन्न गरियो। सभामा वार्डभित्रका समाजका प्रतिनिधिगण अनि पार्टीको प्रतिनिधिहरू उपस्थित थिए।

सभालाई भागोप्रमो महकुमा नारी शक्ति सभापति साथै आगामी 2026 विधानसभा चुनावको खरसाङ नगरपालिका क्षेत्रको प्रभारी सबिता कार्की, टाउन कमिटी मूल सचिव वीरबल पाखरीन अनि अन्य समाजका प्रतिनिधिहरूले आ आफ्नो सर सल्लाह अनि सुझाव साथै वक्तव्य राखेका थिए। सभामा टाउन कमिटीको सह सचिव रमोद गुरूङ, सांगठनिक सचिव महेत्र सेन शर्मा, कार्यकारिणी सदस्यहरू रतन शेर्पा, बिजय गुरुङ, नब्बु राउत, बिशान लामा अनि राजेन राउत उपस्थित थिए।

सभामा सर्वसम्मतिद्वारा वार्ड नम्बर 6 को सबै समाजहरू मिलेर निम्न सदस्यहरु संजय मुखिया, कृष्णा छेत्री,ललित तामङ, मोहन कुमार राई,उमा प्रधान,शशी छेत्री,प्रनिता गुरुङ,लमु शेर्पा 1, लमु शेर्पा -2, प्रशिला गिरी शेर्पा, सानु शेर्पा,पेम्बा शेर्पा,बिजय गुरुङ,मनु गुरुङ,राजेन राउत,सुरज राई, शंकर राउत,नब्बु राउत,उमा लामा यल्मो,अनु लामा अनि रन्जु लामालाई लिएर पानी निरीक्षण समिति गठन गरियो भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको मूल सचिव बीरबल पाख्रिनले जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ