स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ

Share this news

खरसाङ, (निसं): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा भईरहेको स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको उपाधि मुथुम ईलेभेन सिलगढ़ीले जितेको छ।

खरसाङको भिक्टोरिया खेल मैदानमा भईरहेको स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनल खेल मुथुम ईलेभेन सिलगढ़ी र डेमोन्स बोइसमाझ सम्पन्न भएको छ। यस फाइनल खेलमा डेमोन्स बोइसले पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 9 विकेट गुमाएर 158 रन बनाएको थियो। डेमोन्स बोइसको तर्फबाट सोनुकुमार शाहले 47 रन, राज चौहानले 47 रन बनाएका थिए। आजको 159 रनको लक्ष्यलाई खेदो गर्दै मुथुम ईलेभेन सिलगढ़ीले 7 विकेट गुमाएर 14 ओभर 3 बलमा 159 रन बनाएर उपाधि जित्न सफल भएको छ। मुथुम ईलेभेनको तर्फबाट इजाजले 45 रन र सुभमले 19 रन बनाएका थिए।

मुथुम ईलेभेनको लागि अन्तिम ओभरमा चाहिएको 18 रनलाई सुभमले लगातार 3 वटा छक्का हिर्काएर खेल जितेको थियो जसको लागि शुभमलाई म्यान अफ्‌‍ द म्याच घोषित गरिएको छ। यस फाइनल खेलमा बेस्ट फिल्डर निर्भिक, बेस्ट बलर राहुल, बेस्ट विकेट किपर किशान र म्यान अफ्‌‍ द टुर्नामेन्ट बसन्त छेत्री चयन भएका छन्‌‍। उनले टुर्नामेन्टमा 206 रन बनाउनुको साथै 12 विकेट पनि लिएका थिए।

यस फाइनल खेलमा विजेतालाई ट्रफीको साथमा 20 हजार अनि उप विजेतालाई 10 हजार रुपियाँ पनि प्रदान गरिएको छ। यस फाइनल खेलमा अतिथिको रुपमा खरसाङ महकुमा खेलकूद संघको संरक्षक एसबी सुनवार, ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्री, स्व. केदारनाथ प्रसादको छोरा चन्दन प्रसाद पनि उपस्थित रहेका थिए। स्व. केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलिस्ट दुवै विजेता र उप विजेता टिमलाई छोरा चन्दन प्रसादको तर्फबाट ट्य्राक सुट प्रदान गरेका थिए।


Share this news
आजको रोजाइ
प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

आजको रोजाइ