भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

Share this news

तीनधारे, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा जंगपाना चियाबारीमा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा माथिल्लो जंगपाना चियाबारीको सभापति बिनोद गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ।

सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, भागोप्रमो महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति एवं पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्या रञ्जना छेत्री आदि सम्बोधन गरेका थिए।जंगपाना चियाबारीको दुईवटा शाखाहरुलाई लिएर आयोजित सांगठनिक सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने कार्यक्रमहरु विषयमा जानकारी गराइएको छ।

सभामा वक्ताहरुले जंगपाना चियाबारी क्षेत्रमा भईरहेको विभिन्न विकास कार्यहरु विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। सभामा जंगपाना चियाबारीमा आगामी दिनमा सार्वजनिक भवनको शिलान्यास कार्यक्रममा जीटीए प्रमुख अनित थापाको उपस्थिति रहने विषयमा पनि जानकारी गराइएको छ।

सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव बसन्त राई, कोषाध्यक्ष निखिल छेत्री लगायत जंगपाना चियाबारीको दुईवटा शाखाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत जानकारी गराएका छन्‌‍।


Share this news
आजको रोजाइ
प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प्रजापति ब्रह्मकुमारी ई.विवि बीके पाठ.काे 21ओैं स्थापना दिवस

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

प.ब. सरकारको “पथश्री-रास्ताश्री” योजना: घोत्लाइ र विश्लेषण –

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

IPLअक्सन २०२६ लाइभ अपडेट्स: धुमालले अक्सन सुरु गरे

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

पार्टीको दृष्टिकोण प्रभावकारी प्रसार गर्ने र जनसमक्ष पुराउन जोड

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

राजगञ्ज, बन्धुनगरमा कोइला बोकेको ट्रेलर पल्टियो, चालक घाइते

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

चक्रवात ‘दितवा’को असर घट्दै, विद्यालयहरू पुनः सञ्चालन

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

SIR लाई निर्वाचनी पवित्र, शुद्ध र दीगो बनाउने श्रृंगलाको आग्रह

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

खेलकूदको माध्यमबाट पनि आफ्नो करियर बनाउन सकिन्छःजितु राई

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सिक्किम पर्यटनले दिगो र जिम्मेवार पर्यटनमा राष्ट्रिय सम्मान पाइरहेछ

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

सूचनाको आधारमा प्रधान नगर पुलीस चौकीका सादा पोशाकक

आजको रोजाइ