भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा

Share this news

तीनधारे, (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय खण्ड समितिको सांगठनिक सभा जंगपाना चियाबारीमा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा माथिल्लो जंगपाना चियाबारीको सभापति बिनोद गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको छ।

सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, भागोप्रमो महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सभापति एवं पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्या रञ्जना छेत्री आदि सम्बोधन गरेका थिए।जंगपाना चियाबारीको दुईवटा शाखाहरुलाई लिएर आयोजित सांगठनिक सभामा वक्ताहरुले पार्टीको सांगठनिक गतिविधि र आगामी दिनहरुमा गरिने कार्यक्रमहरु विषयमा जानकारी गराइएको छ।

सभामा वक्ताहरुले जंगपाना चियाबारी क्षेत्रमा भईरहेको विभिन्न विकास कार्यहरु विषयमा पनि चर्चा परिचर्चा गरिएको छ। सभामा जंगपाना चियाबारीमा आगामी दिनमा सार्वजनिक भवनको शिलान्यास कार्यक्रममा जीटीए प्रमुख अनित थापाको उपस्थिति रहने विषयमा पनि जानकारी गराइएको छ।

सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा महानदी ग्राम पञ्चायत स्तरीय ब्लक कमिटीको सचिव बसन्त राई, कोषाध्यक्ष निखिल छेत्री लगायत जंगपाना चियाबारीको दुईवटा शाखाका पदाधिकारीहरु पनि उपस्थित रहेका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङले विस्तृत जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ