दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रगरे प्रशंसा

Share this news

खरसाङ,  (निसं)ः दार्जीलिङ जिल्लाले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेकोमा सांसद राजु विष्टले प्रशंसा गरेका छन्‌‍। तिनले यसको प्रशंसा गर्दै भनेका छन्‌‍, दार्जीलिङले उत्कृष्ट ब्याटमिन्टन खेलाड़ीहरू जन्माइरहेको छ। अरन्त दक्ष छेत्री ती मध्ये एक राज्यका उत्कृष्ट खेलाड़ी हुन्‌‍। यसरी नै अंकित प्रधान पारा ब्याटमिन्टनका असाधरण खेलाड़ी बनेका छन्‌‍। आकांक्षा प्रधान, सौरभ विश्वकर्माहरूले हाम्रो क्षेत्रको निम्ति गौरव बढ़ाइरहेका छन्‌‍। म ती सम्पूर्ण खेलाड़ी, प्रशिक्षक, अभिभावकहरूको हृदयबाटै प्रशंसा गर्दछु। ती खेलाड़ीहरू, जसले सांसद खेल महोत्सवको सफलताको निम्ति अंशग्रहण गरे, ती सम्पूर्ण सहभागी, प्रशिक्षक, अभिभावक अनि स्वयम्‌‍ सेवकहरूको सराहना गर्दछु। तिनले सिलगढ़ीको हाकिमपाढ़ामा आयोजित सांसद खेल महोत्सव अन्तर्गत ब्याटमिन्टन प्रतियोगितामा पहाड़ अनि समतलका सहभागी खेलाड़ीहरूसित आफूले साक्षतकार गर्ने अवसर प्राप्त भएको बताउदै यस प्रतियोगितामा एक सय भन्दा अधिक खेलाड़ीहरूले भाग लिएको जनाएका छन्‌‍। विष्टले देशका प्रधानमन्त्री नरेन्द्र मोदीले युवाहरूको नेतृत्वमा खेलकुदको विकास गर्ने सपना हरेको बताउदै अघि भनेका छन्‌‍, सरकारले युवा सशक्तिकरणको निम्ति कैयौँ कदमहरू चालेको छ। युवाहरूलाई खेलकुद, तक्नीकी, शिक्षा क्षेत्रमा अघि बढ़ाउन अनि उत्कृष्ट उद्यमी बनाउनको निम्ति सकारात्मक कार्य भइरहेको छ। सांसद खेल महोत्सव यसै कदमको एउटा अंश हो। फिट इण्डिया अनि नशा मुक्त भारत बनाउने प्रयासको एक अंश हो सांसद खेल महोत्सव।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ