बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका होडिङ र साइनबोर्डले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेकोछ

Share this news

खरसाङ,  (निसं)ः खरसाङ बजार अनि पहाड़ र समतल जोड़ने सड़कहरूमा लगाइएका व्यवसायिक होडिङ्हरूले क्षेत्रको सुन्दरतामा कमी ल्याउने काम गरेको धेरै मानिसहरूको गुनासो छ। बजार अनि विभिन्न सड़क किनारमा लगाएपछि छोड़िएका यस्ता कतिपय होडिङ र साइन बोर्डहरू भत्किएर, ढलेर कुनै कुनै समय जनसाधरणलाई समस्या हुने गरेको पनि कतिपय मानिसहरूले बताएका छन्‌‍। रोहिणी रोड, पङ्खाबारी रोड, राष्ट्रिय राजमार्ग अनि खरसाङ बजारमा यस्ता धेरै विज्ञापनका होडिङ र साइन बोर्डहरू देखिन्छन्‌‍। ती होडिङ र बोर्डहरूले प्राकृतिक दृश्यहरू छलिरहेको अवस्थामा पनि पाइएको छ। दार्जीलिङ पहाड़ पर्यटकहरूको निम्ति लोकप्रिय गनतव्य स्थान हो। खरसाङ पनि वर्तमानमा पर्यटकहरूको प्रिय स्थान बनिरहेको छ। वर्तमानमा पर्यटकहरू धेरै संख्यामा खरसाङ आइरहेका छन्‌‍। तिनीहरू खरसाङ बजारमा नबसे तापनि बजार वरिपरिका विभिन्न होमस्टे गाउँ-बस्तीमा रहेका विभिन्न होमस्टेहरूमा बसेर घुमेर फर्किने गर्छन्‌‍। पहाड़ आएको समय धेरै पर्यटकहरूले फोटो खोच्दै, भिडियो बनाउँदै, विभिन्न ठाउँमा गाड़ी रोकेर प्राकृतक दृश्यहरूको आनन्द उठाउदै पहाड़ चढ़ने गर्छन्‌‍। यसरी पहाड़ आउँदा ठाउँ-ठाउँमा लगाइका विज्ञापनका होडिङहरू देखेर पर्यटकहरू विरक्त हुने गरेका कतिपय मानिसहरू बताउछन्‌‍। खरसाङ शहर अनि सड़क किनारमा लगाइएका यस्तो होडिङ वा बोर्डहरू धेरै पुराना भएसकेको पनि पाइएको छ। कुनै कम्पनीको उत्पाद बजारमा आउँदा अथवा कुनै कम्पनी आरम्भ हुन लाग्दा लगाइएका यस्ता कतिपय पुराना होडिङ अनि बोर्डहरू अझसम्म यथावत रहेको पाइएको छ। कतिपय मानिसहरू विज्ञापनको निम्ति यस्ता पुराना बोर्डहरू वर्तमान समयको निम्ति आवश्यक नरहेको भए तापनि धेरै वर्ष अघि लगाइएको तर अहिलेसम्म नहटाइएको बताउछन्‌‍। नयाँ बजार निवासी श्याम शर्माले भने, बाटो किनार अनि बजारमा लगाइएका यस्ता होडिङ अनि बोर्डहरूले यहाँको सुन्दरतामा कमी ल्याउने काम गरेको छ। यस्ता बोर्डहरूको कारण शहर बेरमाइलो देखिन्छ। कतिपय स्थान प्रकृतिक रुपमा सुन्दर रहेको छ तर ती स्थानहरूमा यस प्रकारको होडिङ र बोर्डहरू लगाइएकोले प्राकृतिक सुन्दरतामा कमी आएको छ। तिनले अझ भने हुन त यस्ता होडिङ र बोर्डहरू लगाएपछि सरकारी विभागहरूले केही आय आर्जन गर्छन्‌‍ होला तर होडिङ र बोर्ड लगाउँदा यस्तो स्थानमा अनुमति दिएको असल हुन्छ, जहाँ होडिङ र बोर्डहरूको कारण जनसाधरण, पर्यटकलाई असुविधा नहोस अनि प्राकृतिक दृश्यहरू अवलोकन गर्नमा कुनै बाधा उत्कन्न नहोस।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ