Foundation Day Observance by Committee
Foundation Day Observance by Committee

क्रामाकपा दा.अ. कमिटिद्वारा पार्टीको 29औं स्थापना दिवस पालन

Share this news

क्रामाकपा पार्टी दार्जीलिङ आञ्चलिक कमिटीको तत्वधानमा क्रामाकपाको 29औं स्थापना दिवस क्रामाकपा पार्टी कार्यालय रतनलाल ब्राह्मण स्मृति भवनमा आइतबार आयोजन गरिएको थियो। कार्यक्रमलाई अघि बढाउँदै सर्वप्रथममा क्रामाकपा परामर्श कमिटीका चेयरम्यान कम० आर० बी० राई लगायत केन्द्रीय कमिटीका वरिष्ठ कमरेडहरुबाट शहीद वेदीमा पुष्प अर्पण साथै मौन धारण गरियो। स्थापना कार्यक्रमलाई परामर्श कमिटीका चेयरम्यान कम० आरबी राईद्वारा केक काटेर यो कार्यक्रम सुरु गरियो।
कार्यक्रमलाई आफ्नो महत्त्वपूर्ण सम्बोधन राख्दै क्रामाक्पा परामर्श कमिटीका चेयरम्यान कम आरबी राईले, क्रामाकपाको जन्म नै बङ्गाल सरकारको हामी माझमा हेर्ने व्यवहार र बहुजातीय थिचोमिचोको कारण हामीले जातीय उन्मुक्तिको निमित्त अर्को कम्युनिस्ट पार्टी सुरु गरेको हौ भने, हाम्रो भूमि हाम्रो बाजेबोजुहरुले जङ्गल फाडेर सजाएको ठाउँ हो हामीलाई अहिले आएर बसेका भन्दा मान्दैनौं भन्ने तर्क राखी। बिजेपी सम्बन्ध यदि हाम्रो माग पुरा भएन भने तोड्न पनि पछि नहट्ने बताए। सभालाई कम० उद्धव खनाल साथै कम० कृष्णवीर राईद्वारा सञ्चालन गरियो। कार्यक्रमलाई क्रामाकपा युवा मोर्चा अध्यक्ष सुसन लामा साथै वरिष्ठ कमरेड फुर्वा छिरिङ डुक्पाद्वारा अभिनन्दन भाषण गरियो साथै केन्द्रीय सचिवा कम० सन्जिला घिसिङले एउटा प्रगतिवादी कविता पठन उद्धेलित गर्दै आफ्नो सम्भाषण राखेकी थिइन्।
परामर्श कमिटीका वरिष्ठ नेता कम आरपी पाख्रिनले, संसारको अतिवादी विचार भएका मानिसहरूप्रति चिन्तनीय विचार राखे। यसमा अमेरिकाको पुञ्जीवाद र साम्राज्यवादको उल्लेखित गर्दै विकल्पमा मार्क्सवादी सिद्धान्तको उल्लेख गरे यदि यो संसारलाई बचाएर राख्ने हो भने रातो झण्डाले मात्रै हुनसक्ने अनुभव पोखे। पाख्रिनले 29औं स्थापना दिवसलाई अझ बलियो भएर अघि बढ्ने आग्रह गरे।
संगठन प्रमुख कम० शेखर छेत्री वक्तव्यको क्रममा सम्पूर्ण उपस्थित कमरेडहरूलाई रक्तिम अभिनन्दन टक्राउँदै क्रामाकपाको जन्म नै हाम्रो जातीय स्वाभिमान र संरक्षणको निम्ति १९९६ सालमा भएपछि आज २९ वर्षसम्म हिँडिरहेको बताए। आगामी दिनमा विधानसभाको निमित्त पार्टीको दिशा निर्देशको निमित्त तयार रहने आव्हान गरे।
सभाको क्रममा क्रामाकपा कार्यकारी अध्यक्ष कम० बीएम राईले आफ्नो सम्भाषण गर्दै भने, घाम पानी सबै सहेर आजसम्म यो पार्टीलाई साथ दिने कमरेडहरूलाई अभिनन्दन दिँदै जातीय र आत्मनिर्णयको लडाई अघि लगिरहेको छौं, भन्दै उनले यो दल लागिपरेको बताए। राजनीतिक परिपेक्षमा केन्द्र सरकारको हाम्रो जातिमाथि उदासीन व्यवहारप्रति असन्तुष्ट भएको कुरा राखे। क्रामाकपा पार्टीलाई यसरी नै अनदेखा गरे आगामी विधानसभामा कुन निर्णय गर्नुपर्ने सोच्नुपर्ने छ भन्ने कुरा राखे।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ