workers a leading force
workers a leading force

श्रमिकलाई सीप, अनुशासनद्वारा विकासमा अगुवा शक्ति बनाऊँ

Share this news

दार्जीलिङ हिल असंगठित श्रमिक वेलफेयर एशोसिएसनको प्रथम स्थापना दिवसको ऐतिहासिक अवसरमा सबैलाई हार्दिक शुभकामना ज्ञापन प्रकट गर्दै जीटीए मुख्य कार्य पाल अनित थापाले श्रमिकहरूलाई सीप, अनुशासन र सङ्गठन मार्फत विकासमा अगुवा शक्ति बनाउने आह्वान गरे। “यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदीबहिनी–दाजुभाइबीच सशक्त पुल हो।” अनित थापा, मुख्य कार्यपाल, जीटीएले यो संस्था सरकारको श्रम विभाग र हाम्रो पहाडका मजदुर दिदीबहिनी–दाजुभाइबीच सशक्त पुल भएको बताए। थापाले, दैनिक ज्यालादारी गरेर आफ्नो परिवारको भरणपोषण गर्ने, छोराछोरीलाई शिक्षा र परिवारलाई स्वास्थ्य सुविधा उपलब्ध गराउन दिनरात मेहनत गर्ने मजदुरहरूको हितका लागि यो संस्था गठन गरिएको हो। सरकारले असंगठित श्रमिकहरूको लागि सामाजिक सुरक्षा, बीमा, पेन्सन, स्वास्थ्य, मातृत्व सहायता लगायत थुप्रै योजना सञ्चालन गरेका छन्, तर सही सूचना नपुगेका कारण धेरै श्रमिक अझै पनि ती सुविधाबाट वञ्चित भएको बताए। उनले, संस्थाको प्रमुख जिम्मेवारी सरकारद्वारा सञ्चालित श्रमिक–कल्याण कार्यक्रम, जस्तै असंगठित श्रमिकका लागि सामाजिक सुरक्षा योजना, बीमा तथा श्रमिक कल्याण बोर्डका सुविधाहरू गाउँघर सम्म पुर्‍याउने बताए। जीटीए प्रमुखले श्रमिक दाजुभाइ–दिदीबहिनीलाई दर्ता, कार्ड बनाउने, कागजात बुझाउने, अनलाइन प्लेटफर्ममा नाम दर्ता गराउन सहयोग गर्ने गरी वास्तविक जीवनमै उपयोगी सेवा पुर्‍याउनु संस्थाको प्रथमिकता हुनुपर्ने आवश्यकतामाथि जोड दिए। उनले संगठनको पहुँच नगर वा बजारसम्म सीमित नराखी, प्रत्येक ग्राम पञ्चायत, गाउँ, बस्ती र बस्तीसम्म विस्तार गरेर तल्लो तहसम्म सेवा पुर्‍याउनु जरुरी भएको बताउँदै मजदुरको घर–घरमा पुगेर उनीहरूको समस्या सुन्ने, फारम भरिदिने, अस्पताल, कार्यालय, बैंक, श्रम विभाग आदि जानुपर्दा सघाउने खालको ठोस र स्पर्शनीय सहयोग गर्नु संस्थाको पहिचान हुनुपर्ने जनाए।
जीटीए मुख्य कार्य पाल अनित थापाले, हाम्रो पहाडमा स्थानीय skilled labour को कमी छ; भवन निर्माण, प्लम्बिङ, इलेक्ट्रीकल, मेशिनरी, कृषि वा बगैँचा सम्बन्धी सीप सिकाउने तालिम कार्यक्रम सञ्चालन गर्न सकियो भने यसले मजदुरको आम्दानी र आत्मसम्मान दुवै बढाउँछ। यसैले श्रमिकहरूलाई केवल सहयोग पाइने वर्ग होइन, सीप, अनुशासन र संगठनमार्फत पहाडको विकासमा अगुवा शक्ति बनाउने दृष्टिकोणबाट अघि बढ्नु आवश्यक रहेको बताए। उनले संस्था चलाउँदा मजदुरबाट विभिन्न नाममा अनावश्यक पैसा बटुल्ने अभ्यासलाई पूर्ण रूपमा त्याग्दै, पारदर्शिता, इमानदारिता र विश्वसनीयता कायम राख्नुपर्ने सुझाउ दिए। थापाले, मजदुरको दुःख हल्का पार्न, उनीहरूको बालबच्चाको भविष्य उज्यालो बनाउन गरिएको प्रत्येक प्रयास स्वयं धर्म र पुण्यको काम हो; यति मात्र गर्न सकियो भने पनि यस संगठनले समाज र इतिहास दुवैमा विशेष स्थान पाउने बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ