पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न गरियो। पञ्चायत सचिव देवन्ती छेत्रीले सभालाई सञ्चालन गर्दै वर्ष 2025-26 को पञ्चायत मार्फत प्राप्त हुने विभिन्न योजना अनि विकासमूलक कार्यहरूको बारेमा जानकारी गराइन्‌‍। त्यसबाहेक छेत्रीले गत वर्ष यसै ग्राम पञ्चायत अन्तर्गत रहेका विभिन्न संसदहरूमा भएका विकासका कार्यहरूको बारेमा अवगत गराइन्‌‍। तिनले वर्ष 2025-26 मा गरिन पर्ने संसदहरूमा हुने विकासमूलक कार्यहरूको बारेमा उपस्थित पञ्चायत सदस्यहरूबाट जानकारी लिइन्‌‍। उपस्थित पञ्चायत सदस्य अनि क्षेत्रका प्रतिनिधिहरूले वर्ष 2015-26 मा आफ्नो क्षेत्रमा गरिनुपर्ने कार्यहरूको बारेमा जानकारी गराउँदै ती कार्यहरूलाई पञ्चायत विभागले खुबै प्रमुखताका साथ लिएर समाधान गरिदिने आग्रह गरे। सभामा धन्यवाद ज्ञापन पाण्डु ग्राम पञ्चायत प्रधान ननजिता तामाङले राखिन्‌‍। सभामा पाण्डु ग्राम पञ्चायत उपप्रधान अनुषा लामा लगायत यस ग्राम पञ्चायतभित्रका विभिन्न क्षेत्रका पञ्चायत सदस्य एवम्‌‍ ग्राम प्रतिनिधिहरू तथा ग्राम पञ्चायत कार्यालयका कर्मचारीहरू उपस्थित थिए।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ