पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

Share this news

खरसाङ, (निसं): खरसाङ खण्ड अन्तर्गत पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न गरियो। पञ्चायत सचिव देवन्ती छेत्रीले सभालाई सञ्चालन गर्दै वर्ष 2025-26 को पञ्चायत मार्फत प्राप्त हुने विभिन्न योजना अनि विकासमूलक कार्यहरूको बारेमा जानकारी गराइन्‌‍। त्यसबाहेक छेत्रीले गत वर्ष यसै ग्राम पञ्चायत अन्तर्गत रहेका विभिन्न संसदहरूमा भएका विकासका कार्यहरूको बारेमा अवगत गराइन्‌‍। तिनले वर्ष 2025-26 मा गरिन पर्ने संसदहरूमा हुने विकासमूलक कार्यहरूको बारेमा उपस्थित पञ्चायत सदस्यहरूबाट जानकारी लिइन्‌‍। उपस्थित पञ्चायत सदस्य अनि क्षेत्रका प्रतिनिधिहरूले वर्ष 2015-26 मा आफ्नो क्षेत्रमा गरिनुपर्ने कार्यहरूको बारेमा जानकारी गराउँदै ती कार्यहरूलाई पञ्चायत विभागले खुबै प्रमुखताका साथ लिएर समाधान गरिदिने आग्रह गरे। सभामा धन्यवाद ज्ञापन पाण्डु ग्राम पञ्चायत प्रधान ननजिता तामाङले राखिन्‌‍। सभामा पाण्डु ग्राम पञ्चायत उपप्रधान अनुषा लामा लगायत यस ग्राम पञ्चायतभित्रका विभिन्न क्षेत्रका पञ्चायत सदस्य एवम्‌‍ ग्राम प्रतिनिधिहरू तथा ग्राम पञ्चायत कार्यालयका कर्मचारीहरू उपस्थित थिए।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ