अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

Share this news

खरसाङ,  (मोहन प्रसाद)ः वुशु खेलका प्रशिक्षकहरूको निम्ति एउटा ओलम्पिक एकजुटता तकनिकी तालिम 2025 को आयोजन नेपालको काठमाण्डूमा गत 7 देखि 11 दिसम्बरसम्म सम्पन्न भएको जानकारी प्राप्त भएको छ। उक्त कार्यक्रममा दार्जीलिङ क्षेत्रबाट खरसाङ निवासी साथै राष्ट्रिय स्तरका कोच विमल प्रधान सहित बिहार एवं भारतका अन्य प्रान्तहरूबाट जम्मा 6 जना वुशु प्रशिक्षकहरूले भाग लिएका थिए भने नेपालको विभिन्न स्थानबाट दर्जनौँ वुशु खेलका कोचहरूले भाग लिएको थिए।

उक्त तालिम चीनबाट आएका प्रतिष्ठित अन्तर्राष्ट्रिय वुशु फेडेरेशनका विशेषज्ञहरूको नेतृत्वमा अथवा मार्गदर्शनमा आयोजन भएको थियो। कार्यक्रममा चीनबाट वुशुका प्रोफेसर सान्डा फाइटका विशेषज्ञ ये वेइ, ताओलू अर्थात्‌‍ तलवारबाजी खेलका विशेषज्ञ प्रोफेसर लुन शियाओमेईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा वुशु खेल माथि उन्नत तकनीकी ज्ञान, कोचिङ पद्धतिहरू अनि अन्तरराष्ट्रिय सर्वोत्तम प्रथाहरूलाई गम्भीरता पूर्वक ध्यान केन्द्रित गरियो, जसको सहयोगले उक्त तालिममा भाग लिने अथवा आफ्नो सहभागिता दिने कोचहरूलाई पेशेवार विकासमा महत्वपूर्ण योगदान दिइनेछ।

प्राप्त जानकारी अनुसार समापन समारोहको अवधि खरसाङ सहित भारत देशको विभिन्न स्थानबाट उक्त तालिममा भाग लिन गएका कोचहरूलाई खादा अनि गम्‌‍छा प्रदान गरेर अभिनन्दन गरियो। कार्यक्रममा नेपालबाट दर्जनौंँ कोचहरू सहित लगभग 65 जनाले भाग लिएका थिए। यस अवधि नेपालका वुशु खेलका वरिष्ठ प्रतिनिधिगण सहित नेपाल वुशू फेडरेशनको अध्यक्ष वीर बहादुर तामाङ अनि फेडरेशनका महासचिव लाक्पा छिरिङ लामाको पनि विशेष उपस्थिति थियो।

नेपाल वुशु फेडरेशनको सहयोगमा एवं अन्तर्राष्ट्रिय वुशु फेडेरेशनको ब्यानरमा आयोजित उक्त ओलम्पिक एकजुटता तकनीकी तालिम मार्फत्‌‍ आपसी सम्मान, सांस्कृतिक आदान-प्रदान अनि अन्तर्राष्ट्रिय सहयोग, वैश्विक वुशु समुदाय भित्रको सम्बन्धमा थप बल प्रदान गर्नेछ। उक्त अन्तरराष्ट्रिय स्तरको तालिम कार्यक्रमको जानकारी खरसाङ निवासी वुशु कोच विमल प्रधानले नेपालबाट फोन मार्फत्‌‍ दिएका छन्‌‍।


Share this news
आजको रोजाइ
पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

पाण्डु ग्राम पञ्चायत कार्यालयमा शुक्रवार ग्राम सभा सम्पन्न

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

सुधपा टोलको तल्लो गाउँबाट आउने सड़कमा ठूलो प्वाल

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

अन्तर्राष्ट्रिय वुशु फेडरेशनद्वारा तक्नीकी प्रशिक्षण

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

बुङ्कुलुङ धजे सड़क सिलगढ़ी-दार्जीलिङमाझको वैकल्पिम मार्ग बन्न सक्ने सम्भावना

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

खरसाङ अनि वरिपरि क्षेत्रमा चितुवाको चहल पहल बढ़्दैछ

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

वर्तमान परिस्थितिमा छैटौँ अनुसूची अथवा यस्तै संवैधानिक व्यस्था उपलब्धि हुने

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

निलम्बित प्रमोद अनि रबिनले राजु विष्टको पोल खोले

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

आजको रोजाइ