गोरामुमो केन्द्रीय समिति अध्यक्ष पुनः मन घिसिङ 

Share this news

दार्जीलिङ,14 दिसम्बर(निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा(गोरामुमो)-को आज केन्द्रीय कार्यलयमा सभा सम्पन्न भयो । सभामा आज केन्द्रीय समिति पुन:गठन गरिएको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। आजको सभामा दार्जीलिङ विधानसभा क्षेत्रका बिधायक निरज जिम्बा , गोरामुमो वरिष्ठ नेतृत्वगण , युवावर्ग  दार्जीलिङ ब्राञ्च कमिटी, गोरामुमो कालेबुङका नेतृत्ववर्ग, खर्साङ ब्राञ्च कमिटी, मिरिक ब्राञ्च कमिटी साथै भ्रातृ संगठनका प्रतिनिधिवर्ग उपस्थित रहेका थिए ।  गोरामुमो केन्द्रीय समिति अध्यक्ष पदमा  सर्वसम्मतिले मन घिसिङ, उपाध्यक्षमा एन बी छेत्री अनि मिरिकको निम्ति केन्द्रीय समिति सेक्रेटरी जनरलमा ऋषि थापा अनि वाई लामा लाई केन्द्रीय प्रवक्ता चयन गरिएका छन् ।सभामा पार्टी अध्यक्ष मन घिसिङद्वारा 34 जनालाई सर्वसम्मतिले केन्द्रीय समितिमा चयन गरिएका छन् भने, केन्द्रीय समितिमा नयाँ युवावर्गलाई पनि सामेल गराएका छन् । नयाँ केन्द्रीय समितिमा चयन भएका सदस्यगणलाई पार्टी अध्यक्ष मन घिसिङद्वारा नियुक्ति पत्र हस्तान्तरण गर्दै खदा लगाएर स्वागत जनाएका छन् ।
सभा पछि पत्रकारहरुलाई सम्बोधन गर्दै एनबी छेत्रीले भने, आजको सभाले वर्तमान गोर्खाहरुको स्थायी राजनैतिक समाधानको निम्ति सरकारी वार्ताकार नियुक्त गरेकोमा स्वागत जनाएका छन् ।आगामी 2026 को फरवरी महिनामा इन्टरलोकुटर दार्जीलिङ आउने छ । हामी उनलाई जति सक्दो चाडैं गोर्खाहरुको समाधानको निम्ति पहल गर्नेछौं । पार्टीको डिलिस्टिङ विषयमा जवाफ दिदै एनबी छेत्रीले भने, गोरामुमोले गृहमन्त्रालय अनि चुनाव आयोगमा पत्राचार गरेका छन् । अब चुनाव आयोगले चाडैंनै सुनवाइ गर्ने भएको छ । यदी नभएको खण्डमा सर्वोच्च अदालत पनि छ भनी एनबी छेत्रीले जनाएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ