मणिपाल अस्पतालद्वारा दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु 

Share this news

दार्जीलिङ,14 दिसम्बर(निसं): मणिपाल अस्पतालले दार्जीलिङमा क्यान्सर जागरूकता र उपचारमा अन्वेषणाको नयाँ पहल सुरु गरेकोछ।
उत्तर बंगाल र पहाडी क्षेत्रमा क्यान्सरका घटनाहरू तीव्र रूपमा बढ्दै गइरहेको र यसबारे सही जानकारी अभाव रहेको, यही कारण, मणिपाल अस्पताल सिलगढी र रंगापानी अस्पतालले आज दार्जीलिङमा अन्वेषणा- मेडिकल एजुकेशन फर मिडिया नामक जागरूकता कार्यक्रम आयोजना गर्‍यो। यस कार्यक्रममा अस्पतालले पहिलोपटक निःशुल्क टेलीकन्सल्टेशन सुविधा सुरु गरेको छ, जसले गर्दा विरामीहरू अस्पताल नआइकनै चिकित्सकसँग प्रारम्भिक परामर्श लिन सक्नेछन्। साथै, क्यान्सर सर्जरीका लागि निःशुल्क दोस्रो मत (सेकेण्ड ओपिनियन) पनि उपलब्ध गराइनेछ। यसबाट टाढा रहने विरामीहरूले समयमै सही चिकित्सकको सल्लाह र उचित उपचार पाउन सजिलो हुने छ।
कार्यक्रममा डा. अयनाभ देबगुप्ता (रीजनल चीफ अपरेटिङ अफिसर – ईस्ट) र  संजय सिंह महापात्र (अस्पताल निर्देशक, मणिपाल अस्पताल सिलगढी) उपस्थित थिए। विशेषज्ञहरूले बढ्दै गइरहेका क्यान्सरका घटना, समयमै रोग पत्ता लगाउने आवश्यकता, र आपतकालीन सेवामा भइरहेको सुधारबारे चर्चा गरे।
उनले क्यान्सर उपचार होस् वा सीपीआर, समयमै गरिएको हस्तक्षेपले बिरामीको ज्यान बचाउन अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे। छलफलपछि, मणिपाल अस्पताल सिलगढीकी इमर्जेन्सी मेडिसिन कन्सल्टेन्ट डा. सिंथि पालले सहभागीहरूलाई सीपीआर प्रशिक्षण प्रदान गरिन्।
उन्नत प्रविधि र विशेषज्ञ चिकित्सकहरूको बलियो टोलीसँग, मणिपाल अस्पताल रंगापानी आज उत्तर बंगालका प्रमुख अंकोलोजी केन्द्रहरूमध्ये एक बनेको छ।
यहाँ महिनामा लगभग 150 रेडिएशन सत्र, 600-700 किमोथेरापी प्रक्रिया र 50 भन्दा बढी क्यान्सर सर्जरीहरू गरिन्छन्। अस्पतालमा 20 विशेषज्ञ अंकोलोजिस्ट, 50 नयाँ बेड, रेडियोथेरापी अझ बलियो बनाउन दोस्रो लिन्याक मेसिन, 4 आधुनिक अपरेसन थिएटर, र अत्याधुनिक आईसीयू सुविधा उपलब्ध छ। यी सुविधाहरूको कारण दार्जिलिङ तथा उत्तर बंगालका मानिसहरूलाई अब महानगरमा गएर उपचार गर्नुपर्ने आवश्यकता घटेको छ।
जानकारी अनुसार,अन्वेषणा, जसको अर्थ खोज तथा सिकाइ हो, मणिपाल समूहको एउटा प्रमुख पहल हो जसको उद्देश्य जटिल चिकित्सकीय जानकारीलाई सरल भाषामा जनसमुदायसम्म पुगाउने हो। यो कार्यक्रम यसअघि तामलुक, कान्थी, बर्धमान, जमशेदपुर, दक्षिण दिनाजपुर, मालदा र आइजोलमा सफलतापूर्वक सम्पन्न भइसकेको छ। अब दार्जीलिङमा, चिकित्सकहरूले स्थानीय पत्रकारहरूसँग अन्तरक्रिया गर्दै विभिन्न स्वास्थ्यसम्बन्धी भ्रम हटाए र देशभर मणिपाल समूहले प्रदान गर्दै आएका सेवा तथा विशेषज्ञताबारे विस्तृत रूपमा जानकारी दिए।
पहाडी क्षेत्रका यात्रा चुनौतीहरूलाई ध्यानमा राख्दै, मणिपाल अस्पतालले पहिलोपटक नयाँ विरामीहरूका लागि निःशुल्क टेलीकन्सल्टेशन सुविधा उपलब्ध गराएको छ, जसबाट दुर्गम क्षेत्रका मानिसहरूले लामो यात्रा नगरीकनै विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सक्छन्।
त्यसपछि फलो-अप परामर्श अस्पतालमा आएर वा पेड टेलीकन्सल्टेशनमार्फत लिन सकिन्छ। यसले निरन्तर, सहज र समयमै उपचार सुनिश्चित गर्छ।उत्तर बंगाल र पहाडी जिल्लाहरूमा क्यान्सरका घटनाहरू बढ्दै गएको परिप्रेक्ष्यमा, मणिपाल अस्पताल रंगापानीमा अंकोलोजी सेवाहरूलाई थप सबल बनाइएको छ, ताकि दार्जीलिङ, तराई र आसपासका क्षेत्रका बासिन्दाहरूले नजिकै उन्नत उपचार पाउन सकून्। बिरामीलाई उपचारअघि सही निर्णय लिन सहयोग गर्न अस्पतालले क्यान्सर सर्जरीका लागि निःशुल्क दोस्रो मत पनि उपलब्ध गराइरहेको छ।
यस पहलबारे बोल्दै डा. अयनाभ देबगुप्ताले भने,अन्वेषणा हाम्रो त्यस प्रतिबद्धताको प्रतीक हो, जसको माध्यमबाट हामी उन्नत स्वास्थ्य सेवाहरूलाई सबैका लागि अझ सरल र पहुँचयोग्य बनाउन चाहन्छौँ। अब उत्तर बंगाल र पहाडी क्षेत्रका बिरामीहरूलाई क्यान्सर वा आपतकालीन उपचारका लागि क्षेत्र बाहिर जानु पर्ने आवश्यकता छैन। रंगापानीमा उन्नत रेडिएशन प्रविधि, विशेषज्ञ अंकोलोजिस्ट, आधुनिक आईसीयू र अत्याधुनिक अपरेसन थिएटरहरूको साथ, हामी घरै नजिक मेट्रो शहर स्तरको उपचार प्रदान गरिरहेका छौँ। मिडियाको सहकार्यले सही र विश्वसनीय स्वास्थ्य जानकारी प्रत्येक परिवारसम्म पुर्‍याउन हामी आशावादी छौँ।

मणिपाल अस्पतालले नैतिक तथा विरामी–केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताका साथ पूर्वी भारतभर आफ्नो पहुँच निरन्तर विस्तार गरिरहेको छ, जसबाट प्रत्येक व्यक्तिलाई समयमै विशेषज्ञ तथा संवेदनशील उपचार उपलब्ध होस्,कार्यक्रममा जनाइयो।


Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ