कडक कुचोको खेतीमा पहाडी कृषकहरू निराश

Share this news

मजुवा, 14 दिसम्बर (निसं):गत केही वर्षदेखि कुचोको बिक्रीमा कृषकहरू निराश बनिरहेका छन्। विभिन्न नगदेबाली झै कुचो पनि कृषकहरूको निम्ति आयआर्जनको एउटा श्रोत हो। तथापि विगत केही वर्षदेखि भने कुचोको खेतिमा कृषकहरूले धेरै नोक्सान खप्न परिरहेको छ। साधारण त झाडुको रूपमा प्रयोग गरिने यस कुचोको बिक्रीमा प्लास्टिकको झाडु निर्माण गरिएको कारण नै यस कुचोको लेनदेन बन्द भएको व्यापारीहरू अनि जनसाधारणको भनाई छ। कृषकहरूको भनाईमा अम्लिसोको प्रजाति दुई थरिका हुन्छन् । विषेश रैथाने अम्लिसो लचक र अर्को प्रजाति कडक, जसमा लचक कुचोको बजार व्यवस्था तथा बिक्रीमा उस्तो समस्या नरहेको बताइन्छ। तर कडक प्रजातिको कुचो भने बिक्रीमा बजार भाउ एकदमै निम्न रहेको कृषकहरूको गुनासो छ। हालमा प्रायः कृषकहरूले कडक प्रजातिको अम्लिसो धेरै मात्रामा लगाएको छ। विगतमा उक्त प्रजातिका कुचोको दाम प्रति किलो 50 रूपियाँसम्म बिक्री भएको थियो। यसैले कृषकहरू कडक प्रजाति अम्लिसोको खेति प्रति आकर्षित बनेको स्थानीय कृषकहरूले जनाएको छ। यस कुचोको फसल उत्पादन र बजार भाउ राम्रो लागे खेतिवाल बस्ती वासीहरूको एउटा आड हुने उनिहरूको भनाई छ। हालमा कुचोको फसल उठाउने समय भईरहेको छ तर बजार भाउ खस्किएको कारण यसले निराशा मात्रै होइन आफु खटिएको दैनिक पारिश्रमिक सम्म पनि उठाउन नसकिने कृषकहरूको दुखेसो रहेको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ