अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

Share this news

खरसाङ,  (निसं): जमीनी स्तरमा विकासको दिशा तर्फ एउटा महत्वपूर्ण पाइला चाल्दै, खरसाङ नगर पालिकाले एपीएएस योजना अन्तर्गत अर्थात्‌‍ अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजनाहरू शुरू गरेको छ। उक्त परियोजनाहरू खरसाङ नगरपालिकाको 20 वटै वार्डहरूको 27 वटा बूथहरूलाई केन्द्र गर्दै परिचालन भइरहेको छ ।

यी सामुदायिक परियोजनाहरूको उद्देश्य स्थानीय बुनियादी ढांचा, सार्वजनिक सुविधाहरू साथै स्थानीय मानिसहरूको जीवनमा समग्र गुणवत्तामा सुधार ल्याउन रहेको हो भनी जानकारी गराईएको छ।प्राप्त जानकारी अनुसार, स्वीकृत परियोजनाहरूमा 18 वटा परियोजनाहरूको कार्य अगावै शुरू भइसकेको छ । यसले कार्यान्वयनको पहिलो चरणमा स्थिर प्रगतिको संकेत दिएको छ।

खरसाङ नगरपालिका अध्यक्ष ब्रिगेन गुरुङ, उपाध्यक्ष सुवास प्रधान अनि उप मजिस्ट्रेट एवं उप कलेक्टर (कार्यकारी अधिकारी), प्रसेनजीत चौधरीद्वारा वार्ड नम्बर 1 मा एउटा नयाँ परियोजनाको उद्घाटन गर्दै एउटा थप विकास मूलक कार्यको पहल शुरू गरेको छ।उद्घाटन समारोहमा उप-सहायक अभियन्ता, विक्टोरिया ग्राम सुधार समितिका सदस्य अनि कार्यान्वयन एजेन्सीका प्रतिनिधिहरूको उपस्थिति थियो, जसमा सफल शहरी विकासमा सामुदायिक भागीदारीको महत्व माथि जोर दिइएको छ।

कार्यक्रममा बोल्दै, ब्रिगेन गुरुङले बताए अनुसार, एपीएएस कार्यक्रम स्थानीय समुदायहरूलाई सशक्त बनाउनु अनि गाउँ घर क्षेत्रको विभिन्न स्तरमा विभिन्न समस्याहरूलाई समाधान गर्नको निम्ति सरकारको प्रतिबद्धतालाई दर्शाउँछ। तिनले स्थानीय मानिसहरूको सहभागिता साथै सक्रियताको सराहना गरे साथै आश्वासन दिए कि चाँडै सबै वार्डहरूमा यस्ता अन्य धेरै परियोजना हरू पुन: शुरू हुनेछ ।

उपाध्यक्ष प्रधानले थप बताए अनुसार, नगरपालिकाले सबै एपीएएसको विकास मूलक कार्य अन्तर्गत पारदर्शिता, समयबद्ध क्रियान्वयन अनि गुणवत्तापूर्ण कार्य सुनिश्चित गर्न माथि प्रतिबद्ध रहेको छ।वार्ड नम्बर 1 का मानिहरूले यस्ता योजनाले बुनियादी आवश्यतालाई पूरा गर्छ साथै जीवन स्तरलाई अझ राम्रो बनाउनु तर्फ सहयोग गरेको हुन्छ भनी बताए । तिनले आउँदो दिनमा अझ धेर विकास मूलक योजनाहरू समग्र अनि सबैलाई समेटेर नगरपालिका क्षेत्रमा हुनेछ छ भनी दावी गरियो ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ