दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

Share this news

खरसाङ, (निसं)ः बुधवार राति 9 बजेतिर खरसाङ बजारको राष्ट्रिय राजमार्ग 110 को वातावरण केही समय तनाउपूर्ण रह्यो। सड़कमा केही समय जामको स्थिति बनेको थियो भने मानिसहरूको भीड़ जमेको थियो। दार्जीलिङ तर्फबाट दुर्घटना गरेर द्रुत गतिमा भागेर आएको गाड़ीलाई खरसाङ्को राष्ट्रिय राजमार्गस्थित कुमाई स्टुडियो नजिक समातिएको थियो। उक्त गाड़ीलाई रङ्बुलदेखि पछ्याउदै दुर्घटनाका सिकार बनेकाहरू आएका थिए।

दुर्घटना गर्ने गाड़ी खरसाङ्को वर्द्धवान रोडबाट वन्‌‍-वे नगएर सोझै राष्ट्रिय राजमार्ग 110 बाट खरसाङ बजार तर्फ पसेकोले सिलगढ़ी तर्फबाट आएका गाड़ीहरू पास हुन नसकेपछि जामको स्थिति सृजना भएकोले समातिएको थियो।

भागेर आएको गाड़ीको पछिल्तिरको हिस्सा पूर्ण रुपल क्षतिग्रस्त बनेको थियो भने एउटा चक्का समेत केही बाङ्गिएको अवस्थामा थियो। तथापि यस्तो अवस्थाको गाड़ी रङ्बुलदेखि खरसाङसम्म द्रुत गतिमा कुदाएर ल्याइयो भनी घटना स्थालमा उपस्थित मानिसहरूले आश्चर्य प्रकट गरिरहेका थिए। गाड़ीमा रहेका कम उमेरका युवाहरूले मदिरा सेवन गरेको अवस्थामा पाइएको थियो। पुलिस घटना स्थलमा पुगेपछि ठूलो झमेला अथवा मारपीटको स्थिति उत्पन्न हुन सकेन।

पुलिसले दुर्घटना गर्ने गाड़ीका युवाहरू अनि गाड़ीलाई आफ्नो हिरासतमा लिएर लगेपछि स्थिति सामान्य बनेको थियो। दुर्घटना गर्ने उक्त गाड़ी सुकेपोखरीको बताइएको छ।


Share this news
आजको रोजाइ
गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय समितिको पुनर्गठन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

सिक्किम विधानसभाको एसएसएचएलसी रिपोर्टः विपक्ष मौन

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

अमदेर पारा अमरदेर समाधान योजना अन्तर्गत 133 वटा विभिन्न परियोजना शुरू

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

दुर्घटना गरी भागेर आएको गाड़ीलाई खरसामा समातियो

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

भारत स्काउट्स अनि गाइड्सको सम्मान कार्यक्रम खरसाङमा सम्पन्न

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

सिलगढीका हिमांशु प्रधान, साउन्ड अफ सोल्स, सोनी टिभी‌मा

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

जोइण्ट फोरम पहाड़ तराई ख्रिष्टियन वेलफेयर अर्गनाइजेशनको एक टोलीको अनित थापासँग भेट

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

स्व केदारनाथ प्रसाद स्मृति नक आउट क्रिकेट टुर्नामेन्टको फाइनलमा मुथुम ईलेभेन सिलगढ़ी र डेमोण्ड इलेभेन बोइस सिलगढ़ी

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

सारथी १.० अन्तर्गत विद्यार्थी प्रशिक्षण कार्यक्रमको उद्घाटन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

गोरामुमो चिम्नी देवराली समष्टिको अध्यक्ष पदमा साङ्गे रुम्बा चयन

आजको रोजाइ